११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

गोरखा भूपू सैनिकको मुद्या शसक्त उठाईदिन माग


७ पुस २०७५, शनिबार  

0
Shares

5e81139f49e88c4e3bef77c4425f8fd8.0

दमक ७ ,पुस / व्रिट्रीसका भूतपूर्व गोरखा सैनिकहरुको तीनदशक देखि जारी आन्दोलनलाई सरकारले प्राथमिकताका साथ उठाईदिन झापाका भूपू सैनिकहरुले माग गरेका छन् ।
गोरखा भूपु सैनिक संघ (गेसो ) झापाले शनिवार दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीसका भूतपूर्व गोरखा सैनिकहरुले समान पेन्सन र समान क्षतिपूर्तिमा विभेद गरिएको भन्दै त्यस मुद्यालाई सरकारले गंभीरताका साथ उठाईदिन माग गरेका हुन् ।
गेसोका जिल्ला अध्यक्ष धनपाल राईले भूपूहरुले तीनदशक देखि शान्तिपूर्ण न्यायिक आन्दोलन गरे पनि सरकारी स्तरबाट सहयोग प्राप्त नहुदाँ भूपू सैनिकका न्यायिक मुद्याहरु ओझेलमा परेको वताए । गोर्खाली भएको व्रिट्रीस सरकारले वर्षोदेखि समान पेन्सन लगायतका सुविधाबाट वञ्चित गराएको उनको भनाई थियो ।
गोरखा भूपू सैनिकको मुद्या केवल जाति,समुदायको समस्याका रपमा हेर्न नहुने अध्यक्ष राईको जिकीर छ । उनले भने ,–‘ यो बर्षोदेखिको नेपाली माथिको भेद्भाव विरुद्धको न्यायिक मुद्या हो । ’
हालैमात्र वेलायतको न्यायलयले गोरखा भूपूका न्यायिक मागहरु मध्ये समान पेन्सन र समान क्षतिपूर्तिको हकमा वेलायत र नेपाल सरकारवीच वार्ता गरि निराकरण गर्न दिएको निर्णय स्वागतयोग्य भएको चर्चा गर्दे उनले सरकारले वार्ताटोली गठन गरि मुद्याको पक्षमा यथासीघ्र दबाब दिनु पर्ने माग गरे । गेसोको दवाव पछि सरकारले संघीय संसद सदस्य योगेश भट्टराईको संयोजकत्वमा एक वार्ता समिति गठन गरेको उनले जनाए ।
अध्यक्ष राईले वेलायत सरकारले गोरखा सैनिक माथि गर्दे आएको भेदभाव विरुद्ध न्यायिक मुद्याहरु विस्तारै जित हासिल गरिआएको बताउदै अव समान पेन्सन र समान क्षतिपूर्ति पनि जितेर छाड्ने विश्वास व्यक्त गरे । नेपाल सरकारले यसमा शसक्त भूमिका निर्वाह गर्नुपर्ने उनले सुझाव दिए ।
पत्रकार सम्मेलनमा गेसो झापाका कोषाध्यक्ष शेरवहादुर लिम्बुले स्थिर सरकारवाट गोरखा भूपू सैनिकको समस्या समाधान हुने अपेक्षा गरे । ‘नेपालमा दिगो सरकार नहुदाँ मुद्या ओझेल बन्यो ’उनले वर्तमान सरकारबाट गोर्खा भूपूको न्यायिक मुद्याले सुनुवाई पाउने आशा भएको बताए ।
गेसोकै नवगठित युवा संघका जिल्ला अध्यक्ष देउकुमार नेम्बाङ्गले गोरखा भूपू सैनिकको जारी न्यायिक आन्दोलनलाई शसक्त वनाउन भूपूका युवाहरु जिम्मेवार ढंगले अघि बढ्नुपर्ने जोड दिए । अग्रजले थालेको न्यायिक आन्दोलनलाई परिमाणमुखी वनाउन तथा सरकारलाई दवाब दिन भूपूका युवाहरु क्रियाशील हुने उनले प्रतिवद्धता जनाएका थिए ।
सोहि अवसरमा गेसोमा आवद्ध रहने गरि नेम्बाङ्गको अध्यक्षतामा ९ सदस्यीय संघ गठन गरिएको जनाएको छ । गठित समितिको उपाध्यक्षमा सुकवीर तामाङ्ग,सचिवमा टेकबहादुर चेम्जोङ्ग र कोषाध्यक्षमा डिपलव राई रहेको गेसोद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।
नवगठित समितिको सदस्यहरुमा राधा राई,पदम वान्तवा, भोजकुमार राई,कृष्णबहादुर विक र रविन राई रहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  १० : ५९ बजे