११ मंसिर २०८१, मंगलबार | Tue Nov 26 2024

रंगेलीमा नयाँ सहरका लागि दिए सर्वसाधारणले ६१ विघा जग्गाकाे लालपूर्जा


२७ मंसिर २०७५, बिहिबार  

0
Shares

20181213_172220
रंगेली २७, मंसिर / जिल्लाकाे पुरानाे सहर रंगेली नगरपालिकामा नयाँ सहरका लागि सर्वसाधारणले ६१ विघा जग्गाकाे लालपुर्जा हस्तान्तरण गरेका छन् ।
रंगेली नगरपालिका ७ का सर्वसाधारणले जग्गाको लालपुर्जा बुझाएका हुन् । सरकारले पुुराना सहरलाई नयाँ सहर निर्माणको योजना अघि बढाएपछि स्थानीयले स्वस्र्फुुत रूपमा जग्गाको लालपुर्जा हस्तान्तरण गरेका छन् ।

सर्वसाधारणले रंगेली नगरपालिकामा गएर वडा ७ का अध्यक्ष रामचन्द्र मण्डललाई ६१ बिघा जग्गाको लालपुुर्जा बुुझाएका हुुुन् । सरकारले हुुलाकी राजमार्गसँग जोडिएको रंगेली बजारलाई सुविधा सम्पन्न सहरका रूपमा विकास गर्न जग्गा माग स्थानीयले उपलव्ध गराएका हुुन् ।

मण्डललाई निवेदनसहित लालपुर्जा बुझाएको स्थानीय शत्रुुधन रजतले बताए । रंगेलीलाई ओझेलमा पार्दै योजना अन्यत्र लैजान खोजेको भन्दै रंगेली नगरपालिका वडा ६ का स्थानीयले पनि यसअघि ८५ बिघा जग्गाको लालपुुर्जा नगरपालिकामा बुुझाएका थिए । रंगेली नगरपालिकाका ९ वटै वडाका स्थानीयहरू आ–आफना वडामा नयाँ सहरको माग गर्दै लालपुर्जा बुझाउन थालेका हुन् ।

सरकाले रंगेलीको ४, ६ र ७ नम्बर वडालाई लक्षित गर्दै नयाँ सहरको योजना ल्याएको हो । नयाँ सहर स्थापनका लागि ५० बिघा जग्गा आवश्यक पर्ने नगरपालिकाले जनाएको छ ।

नयाँ सहर आयोजनाले पक्की नाला, सडक, खेल मैदान, सभाहलसहितको पुूर्वाधारयुुक्त सहर विकास गर्ने योजनना छ । रंगेलीमा नयाँ सहरका लागि ३०/३० करोडको लागतमा ४ वटा योजना निर्माण गरिने सरकारको लक्ष्य छ ।
ईकान्तिपुरबाट

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  ११ : ४० बजे