१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

न्याय माग्दै गाैरादहका विधार्थीहरू विराेध प्रदर्शनमा


२६ मंसिर २०७५, बुधबार  

0
Shares

20181212_161003

गौरादह २६, मंसिर / बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सरकारले हालसम्म पहिचान गर्न सकेको छैन । सरकारले हत्यारालाई उम्कन नदिने प्रतिवद्धता जनाएपनि हालसम्म वास्तविक दोषि पक्रन सकेको छैन ।

नक्कल्ली हत्यारा खडा गरि अझ सरकारले आफ्नो कमजोरी प्रस्तुत गर्दै गएको अवस्थामा देशैभर बिरोधका आवाजहरु फेरी सशक्त रुपमा आउन थालेका छन ।

यसै बिच झापा जिल्लाको गौरादह नगरमा पनि गौरादह बहुमुखी क्याम्पसका विद्यार्थीहरुको आयोजनामा बुधबार बिहान बिरोध प्रदर्शन गरिएको छ ।

निर्मलालाई न्याय देउ अन्कित पोष्टर, ब्यानर र हत्याराको पहिचान गर्न दबाब दिने आवाज लेखिएका प्लेकार्ड सहित गौरादह बजारबाट डिपु चोक सम्म जुलुस प्रदर्शन गराइएको छ ।

गौरादह बहुमुखी क्याम्पसका संयुक्त विद्यार्थीहरुको आयोजनामा गरेएको कार्यक्रममा प्रज्ज्वल कलेजियट एकेडेमी र गौरादह कृषि क्याम्पसमा विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७५, बुधबार  १० : २८ बजे