४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंज गाउँपालिका वार्ड नं ६ काे ९० प्रतिशत बाटाेे ग्राभेल


१८ मंसिर २०७५, मंगलबार  

0
Shares

20181204_143657

गाैरीगंज १८, मंसिर / गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ६ मा अार्थिक वर्ष २०७५/७६ का लागि २ कराेड ३४ लाख भन्दा बढी रूपैयाँ बजेट विनियाेजन भएकाे छ ।

गाैरीगंज गाउँपालिका वार्ड नं ६ काे वार्ड सिलिङ्ग बाट ६४ लाख रूपैयाँ, ९० लाख रूपैयाँ गाउँपालिका बजेट, ८० लाख रूपैया तराई मधेश समृद्धि बजेट (पीच बाटाे निर्माण कृष्ण महताे घरदेखि देवीगंज दुर्गा मन्दिरसम्म) विनियाेजन भएकाे वार्ड नं ६ का अध्यक्ष बद्रीनारायण यादवले जानकारी दिनुभयाे ।

कृषि विकास, पर्यटन तथा संस्कृति, खानेपानी तथा सरसफाई, लैगिंक समानता तथा सामाजिक समावेशिकरण,उच्च स्तरिय बाटाे निर्माण, कल्भर्ट निर्माण, सडक तथा पुल निर्माणलगायत शिर्षकमा बजेट छुट्टाईएकाे हाे ।

वार्डका सबै याेजनाहरूकाे उपभोक्ता समिति निर्माण भई ईस्टिमेट तयार भईसकेकाे वार्डका सचिव गाेविन्द राजवंशीले जानकारी दिनुभयाे । उनका अनुसार वार्डबाट सञ्चालन गरिने याेजनाहरू समयमै पूरा गर्न वार्ड कार्यालयका सबै जनप्रतिनिधिहरू सक्रिय भई लागेकाे उहाँले जानकारी दिनुभयाे । वार्ड कार्यालयले दशैंअघिदेखि वजार क्षेत्रमा सडक वत्ती जडान गरेेेकाे छ । यसलाई क्रमिकरूपमा वार्डका अन्य क्षेत्रमा विस्तार गर्ने वार्ड कार्यालयले जनाएकाे छ ।

गाैरीगंज गाउँपालिकाकाे वार्ड नं ६ मा मुख्य मुख्य सरकारी कार्यलयहरू रहेका छन् । ईलाका प्रहरी कार्यालय, गाैरीगंज प्राथमिक स्वास्थ्य केन्द्र ( निर्माणधिन १५ श्यैयाकाे अस्पताल), अाठमाैैजा छाेटी भन्सार, नेपाल बैंक लि, शसस्त्र सिमा सुरक्षा बलकाे कार्यालय, नेपालकै प्रतिष्ठित अाैधाेगिक संस्था गाेल्छा अर्गनाइजेसनद्वारा संचालित धिरज चामल उधाेग , अरीहन्त मल्टी फाईवर उधाेग र हेम ट्रेेेेडिङ्ग उधाेग, लाेकनाथ टि स्टेट, शाैचालयसहितकाे महेन्द्रनगर बस पार्क यसै वार्डमा पर्छ । यस वार्डमा काेटेश्वर शिवालय मन्दिर छ । मन्दिरसंगै ठुलाे सभा हल पनि छ । मन्दिरकाेे करिब १८ विघा धान खेत र मन्दिरसहितकाे जग्गा गरी करिब १८ कठ्ठा जग्गा छ । उत्त जग्गामा बाल उधानसहित पर्यटकिय धार्मिक स्थलकाे रूपमा विकास गर्न गाउँपालिका लागि परेकाेे गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयाे । बाल उधानसहितकाे धार्मिक पर्यटकिय स्थलकाे रूपमा विकास गर्न यसकाे विस्तृत अध्ययन प्रतिवेदन (डिपीअार) शहरी विकास तथा भाैतिक पुर्वाधार निर्माण कार्यालयले गर्दैछ । त्यसैगरि यस वार्डमा कृषि बजारलाई व्यवस्थित रूपमा निर्माण गर्न विस्तृत अध्ययन प्रतिवेेेेदन ( डिपीअार) तयार हुँदै गरेकाे वार्ड सदस्य मुकेश साहले बताउनुभयाे ।
वार्ड नं ६ का अध्यक्ष वद्री नारायण यादव, सदस्य उदिम कुमार राई, मुकेश साह, राधा अधिकार र रमकुमारी विश्वकर्मा छन् । यस वडाका सबै जनप्रतिनिधिहरू वार्डकाे विकासका लागि दिनदिनै कार्यालयमा अाई छलफल गरि वार्डबासीलाई सर्व सुलभ तरिकाबाट सेवा सुविधा दिन प्रतिवद्व रहेकाे वार्ड सदस्य मुकेश साहले बताउनुभयाे । वार्ड कार्यालयले सार्वजनिक स्थलहरूमा चाैपाया, गाईबस्तु, बाख्रा, खसी, बाध्न वा छाडा छाेड्न नपाउनु पर्ने निर्णय गरेकाे छ । कार्यालयले सुचनाजारी गरि वार्डबासीहरूलाई चाैपाया छाडा नछाड्न र बाटाेमा नबाध्न अाग्रह गरेकाे वार्ड सदस्य उदिम कुमार राईले जानकारी दिनुभयाे । करिब ६ हजार भन्दा बढी जनसंख्या भएकाे यस वार्डमा एक वटा (१० +२) दस जाेर दुई बिधालय, ४ वटा मावि, ३ वटा प्रावि रहेका छन्। त्यसैगरी वित्तिय संघ संस्थाहरू पनि रहेका छन् । साना किसान सहकारी, अाठमाैजा बचत तथा ऋण सहकारी संस्था, सुनगंगा बचत तथा ऋण सहकारी संस्था जस्ता वित्तिय संघ संस्था रहेका छन् । यस वार्डमा तल्लाे रामचन्द्रेे नहर निर्माण हुदैछ । करिब ८ कराेड रूपैयाँकाे लागतमा निर्माण हुन लागेकाे नहरले यहाँका कृषकहरू लाभान्वित हुनेछन् । यस वार्डमा करिब ९० प्रतिशत बाटाेहरू ग्राभेल भईसकेका छन् भने बाकी बाटाेेेहरू ग्राभेल हुने चरणमा रहेकाे वडा सदस्य मुकेश साहले बताउनुभयाे ।

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलबार  ९ : ०३ बजे