७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

कर शिक्षा सम्बन्धि गाैरीगंजमा अन्तरक्रिया


६ मंसिर २०७५, बिहिबार  

0
Shares

20181122_143301

गाैरीगंज ६, मंसिर / झापा उधाेग वाणिज्य संघ गाैरीगंज र अान्तरिक राजस्व कार्यालय दमककाे संयुत्त अायाेजनामा अाज करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।

साताैं राष्ट्रिय कर दिवस (सप्ताह)काे अवसरमा गाैरीगंज गाउँपालिकाकाे सभाहलमा एकदिने अायाेजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा थिए । कार्यक्रमका सहजकर्ता अान्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत सन्ताेष न्याैपाने थिए । उनले करकाे दायरामा अाउनेलाई शुल्क तथा ब्याज मिन्हा, अाय विवरण बुझाउने कारदातालाई कर शुल्क तथा ब्याज मिन्हा, मूल्य अभिबृद्वि कर विवरण बुझाउने करदातालाई जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिन्हा सम्बन्धि व्यवस्था, अनिवार्य दर्ता सम्बन्धि व्यवस्था, विधुतिय माध्यमबाट वीजक जारी गर्ने सम्बन्धि व्यवस्था, नक्कली बिजकमा जरिवाना सम्बन्धि व्यवस्था सम्बन्धि बाेलेका थिए ।

सरकारले करः समृद्धि नेपाल, सुखी नेपालीकाे भर भन्ने नारा लिएर झापामा साताैं राष्ट्रिय कर दिवस साप्ताह मनाएकाे हाे । अान्तरिक राजस्व कार्यालय दमकले साताै राष्ट्रिय कर दिवसकाे अवसरमा भाेली शुक्रबार समापन कार्यक्रममा एक जना उत्कृष्ट करदाता र एक जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने कार्यालयका प्रमुख राम प्रसाद पाठकले बताउनुभयाे । उनका अनुसार मंसिर १ गते प्रभातफेरी र रत्तदान, २ गते प्रचारप्रसार, ३ गते दमकमा सहकारी संस्थाका व्यवस्थापक तथा अध्यक्षहरूसंग अन्तरक्रिया, ४ गते केर्खामा कर शिक्षा तथा अन्तरक्रिया, ५ गते शिवगंजमा कर शिक्षा तथा अन्तरक्रिया, ६ गते गाैरीगंजमा कर शिक्षा तथा अन्तरक्रिया सम्पन्न गरिसकेकाे छ ।
अान्तरिक राजस्व कार्यालय दमकमा १३ हजार ७ सय ५० जना करदातामध्ये १६ सय करदाता भ्याटमा दर्ता छन् भने ३९ सय करदाता अन्तशुल्कमा दर्ता रहेकाे जनाएएकाे छ ।
कार्यालयका अनुसार अार्थिक वर्ष ०७४ / ७५ मा ४१ कराेड रूपैया राजस्व संकलन भएकाे छ भने अार्थिक वर्ष ०७५/ ७६ मा ५२ कराेड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकाे छ ।
गाैरीगंज झापा उधाेग वाणिज्य संघका अध्यक्ष तथा वार्ड नं ३ का अध्यक्ष मखना महताेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणी भट्टराई, अान्तरिक राजस्व कार्यालय दमकका प्रमुख राम प्रसाद पाठक, अतिथि कर अधिकृत सन्ताेष न्याैपाने, नेकपा एमालेका पार्टी प्रतिनिधि केदार ढुंगेल, समाजसेवी लक्ष्मी पाठक,देवी प्रसाद राजवंशी, प्राईम नेपाल वैंक लिमिटेड गाैरीगंजका प्रमुख कमला चापागाईं,
कमर्शियल बैंकका गाैरीगंज म्यानेजर शरद काफ्ले, प्याब्सन गाैरीगंजका अध्यक्ष कमल राजवंशी, ज्ञ्यानाेदय मावि गाैरीगंजकी प्रिन्सिपल कल्पना थापा, युनिभर्सल एकाडमीका प्रिन्सिपल कमलेश्वर राजवंशी, मुनलाईट एकाडमीका प्रिन्सिपल विजय सिंह गन्गाई, साना किसान सहकारी संस्था गाैरीगंजका प्रमुख डम्बर बस्नेतलागायत रहेका थिए । कार्यक्रमकाे स्वागत वाणिाज्य संघ गाैरीगंजका उपाध्यक्ष सत्यदेव यादवले गरेका थिए भने अाैपचारिक कार्यक्रमकाे सञ्चालन संघका सचिव श्रवण गिरीले गरेका थिए ।

प्रकाशित मिति : ६ मंसिर २०७५, बिहिबार  ९ : ३६ बजे