७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

झापाकाे गाैरादहमा मोटरसाईकल दुर्घटनामा ४ घाइते


५ मंसिर २०७५, बुधबार  

0
Shares

bike-accident-1508852747 (1)

झापा ५ , मंसिर / झापाको गौरादह नगरपालिका-४ मझुवामा मोटरसाईकलले साईकललाई ठक्कर दिँदा चालक सहित ४ जना घाइते भएका छन् । भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जाँदै गरेको मे. ८ प. १५२ नम्बरको मोटरसाईकलले साईकलमा सवार गौरादह नगरपालिका-४ बस्ने बर्ष ३० की संजु कालाखेती, निजको छोरी बर्ष १२ की साईना कालाखेती बर्ष ८ की देविका कालाखेतीलाई ठक्कर दिएको थियो । दुर्घटनामा परि मोटरसाईकल चालक झापा बाह्रदशी गाउँपालिका-६ राजगढ बस्ने बर्ष २७ को दिपक सिवाकोटी समेत घाइते भएका छन् । दुर्घटनामा परि गम्भिर घाइते चालकको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भईरहेको छ भने अन्य तीन जनाको बिर्तामोड स्थित बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार  १ : ३८ बजे