५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

अाठमाैजा सहकारीकाे ‘स्वास्थ्यका लागि दाैड’ प्रतियोगिता हुने


२ मंसिर २०७५, आइतबार  

0
Shares

20181115_150406

गाैरीगंज २, मंसिर / अाठमाैजा बचत तथा ऋण सहकारी संस्था खजुरगाछीले अाफ्नाे १० अाैं वार्षिकाेत्सवकाे अवसर पारेर सहभागितात्मक तथा प्रतिस्पर्धात्मक दाैड प्रतियाेगिता गर्ने भएकाे छ । संस्थाले स्वास्थ्यका लागि दाैड नाराका साथ शारीरिक स्वास्थ्य सचेतनाका लागि मंसिर ८ गते सहभागितात्मक र प्रतिस्पर्धात्मक दाैड प्रतियोगिता गर्न लागेकाे हाे ।
दाैडमा प्रथम, दाेस्राे र तेस्राे हुनेलाई पुरस्कारकाे समेत व्यवस्था गरिएकाे छ । संस्थाले प्रथम हुनेलाई नगद रू ५ हजार , दाेस्राे हुनेलाई रू ३ हजार र तेस्राे हुनेलाई रू २ हजारले पुरस्कृत गर्ने संस्थाका अध्यक्ष अर्जुन दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
अाठमाैजा बचत तथा ऋण सहकारी संस्था २०६५ सालमा स्थापना भई संस्थाकाे साताैं सिद्वान्त समुदाय र वातावरणप्रति चासाे अनुसार संस्थाले विविध सामाजिक गतिविधि संचालन गर्दै अाएकाे छ ।

संस्थाले वार्षिकोत्सबकाे अवसरमा अाठमाैजा सहकारी सम्मान ३ जनालाई, अाठमाैजा जेष्ठ नागरिक सम्मान २० जनालाई, ४ जना विधार्थीलाई ५ हजारका दरले छात्रवृत्ति, ६० जना विधार्थीलाई व्याग वितरण गर्ने कार्यक्रम रहेकाे संस्थाका अध्यक्ष दंगालले जानकारी दिए । संस्थाले नियमित सम्मान अरूण कुमार यादव स्मृति सहकारी सम्मान स्थापना गरि विगत २ वर्ष देखि नगदसहित सम्मान पत्र प्रदान गर्दै अाएकाे छ । संस्थाले पहिलाे वर्षमा वर्तमान गाैरीगंज गाउँपालिकालिका अध्यक्ष बाबुराजा श्रेष्ठलाई नगद रू १० हजारले सम्मान गरेकाे थियाे भने दाेस्राे वर्षमा डा प्रेमल कुमार जाेशीलाई नगदसहित सम्मान गरेकाे थियाे ।
संस्थाकाे १० अाैं वार्षिकोत्सब मंसिर ९ गते हुने जनाईएकाे छ ।
20181118_112842

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ५ : ४२ बजे