५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

सिमेन्ट उद्योग तथा इट्टाभट्टा संचालन गर्न लागेको भन्दै स्थानीयद्वारा विरोध


३० कार्तिक २०७५, शुक्रबार  

0
Shares

f814e7541627819666b6fd4abed0ea13.0

गाैरादह३०, कार्तिक /

झापाको कमल गाउँपालिका वार्ड नं १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने र गाउँ छाडेर विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै सञ्चालन अनुमति नदिन माग गरेका छन् ।

साबिक तोपगाछी-२ मा दमकका ब्यवसायी गुणराज थापाले सञ्चालनमा ल्याउन लागेको सिमेन्ट कारखाना घना बस्ती भित्र पर्ने भन्दै टोल बिकास समितिले कुनै पनि हालतमा स्थापन हुन नदिने निर्णय गरेको छ ।

स्थानीयबासी प्रकाश बास्कोटाले आफुहरु इट्टाभट्टा र सिमेन्ट कारखाना कुनै पनि हालतमा संचालक हुन नदिने बताए । उनले आफूहरू उद्योग धन्दाको विरोधी नभएको उल्लेख गर्दै कम्तीमा उद्योग धन्दा बस्तीभन्दा टाढा राख्नुपर्ने माग आफूहरूले गरेको बताए। उनले भने, ‘यहाँ अरु जुनै उद्योग ल्याएर चलाए पनि हामी दिन्छौँ तर, सिमेन्ट उद्योग र इटाभट्टा चलाउन पाईँदैन, यस्ता उद्योगबाट निक्लने धुँवा धुलोले हाम्रो जनस्वास्थ्यलाई प्रत्यक्ष असर पार्छ।’ त्यस्तै यसतर्फ जनप्रतिनिधिले समेत ध्यान नदिएको बस्कोटाले आरोप लगाए ।

त्यस्तै टोल बिकास समितिका अध्यक्ष समेत रहेका सन्तोष कट्टुवालले आफुहरुलाई जिउँदै मार्ने प्रयास भएको भन्दै आफुहरु ज्यानको बाजि थापेर सञ्चालन रोक्ने र लालपुर्जा गाउँपालिकामा बिझाएर जस्तासुकै सङघर्षमा पनि पछि नहट्ने उनले बताए ।

कमल गाउँपालिका १ सबिक तोपगाछी-२ रहेका ४ वटा इटाभट्टाका कारण त्यहाँका स्थानीय गाउँ नै छाडेर विस्थापित भएको बिडम्बना सुनाउदै यस्ता उद्योग सञ्चालनमा ल्याउँदा त्यहाँको १.५ किलोमिटर वरपरको क्षेत्रमा रहेको खेतियोग्य जमिनमा समेत असर पुगेको स्थानीयको भनाइ छ।

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार  ३ : ०१ बजे