४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

दुई टुक्रा भएको हात शल्यक्रिया पछि यसरी जोडियो


२६ कार्तिक २०७५, सोमबार  

0
Shares

haat-bhachiyeko
झापा २६, कात्तिक / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरी पठाएका एक कामदारको दुई टुक्रा भएको हात झापाको बिर्तामोडस्थित बी एण्ड सी टिचिङ हस्पिटलले सफल शल्यक्रिया गरी जोडिदिएकाे छ। मोरङको रंगेली नगरपालिका- ५ निवासी ३५ वर्षीय प्रवीण मण्डलको बायाँ हात मेसिनले छिनाएको थियो। गत असोज २२ गते सुनसरीको इटहरीस्थित आकाश फुड्समा वासिङ मेसिनमा काम गर्ने क्रममा प्रवीणको बायाँ हात मेसिनले छिनाएको उनका बुबा गन्धा मण्डलले बताए। उनका अनुसार छोराको हात दुई टुक्रा भई छालाले मात्र अडिएपछि तत्काल उपचारका लागि इटहरी अस्पताल लगिएको थियो। त्यहाँ उपचार संभव नभएपछि छोरालाई सोही दिन धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो। त्यहाँका चिकित्सकले पनि हात जोड्न नसकिने भन्दै रेफर गरिदिएपछि सोही दिन छोरालाई बी एण्ड सी हस्पिटल लिएर आएको उनका बुबा गन्धाको भनाइ छ।बी एण्ड सीले सोमबार आयोजना गरेको पत्रकार सम्मलेनमा गन्धाले भने, ‘म अत्यन्त खुसी छु। मानिसको जीवन पैसासँग मात्र तुलना गर्न मिल्दैन। मेरो छोरो अपांग हुनबाट जोगियो।योभन्दा खुसी के हुन्छ र?’ घाइते प्रवीणले भने, ‘मेरो हात अब कहिले जोडिँदैन होला जस्तो लागिसकेको थियो तर एक महिना १० दिनको उपचारपछि पहिले जस्तै हात लिएर घर र्फकन लागेको छु, अत्यन्तै खुसी छु।’ हस्पिटलका हाड जोर्नी विशेषज्ञ डा. निराजन पराजुली नेतृत्वको चिकित्सकको टोलीले छिनेको हात ६ घण्टापछि अस्पताल ल्याइए पनि प्रवीणको सफल शल्यक्रियापश्चात हात जोडिएको अस्पताल प्रशासनले जनाएको छ। ‘देब्रे हातको कुइनो छालाले मात्र अडिएको अवस्थामा बिरामी आएको हो’, डा. पराजुलीले भने, ‘हामीले हातलाई काट्ने भन्दा पनि कसरी जोड्न सकिन्छ भन्नेतर्फ ध्यान दिएर काम गर्‍यौँ, त्यो सफल भयो।’

प्रकाशित मिति : २६ कार्तिक २०७५, सोमबार  १ : १५ बजे