४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

जीवन जिउन कठिन बन्दै


२५ कार्तिक २०७५, आइतबार  

0
Shares

ab280ae12a94e17fae5380cda7197d89.0

गाैरादह २५ , कार्तिक /
गौरादह नगरपालिका वडा नंं ४ स्थाई बसोबास गर्दै आएका ४१ बर्षिय ललन साह मृत्युसग संघर्ष गर्दैछन । रगत उत्पादन गराउने बोन म्यारो सम्बन्धि रोगले उनी थलिएका छ्न ।
यहि बैसाखदेखि सामान्य ज्वरो रुघाखोकी मर्की देखि शुरू भएको उनको राेग परिक्षणका क्रममा , गौरादह , दमक आम्दा , बिराट नर्सिङ होम , बिपि मेमोरियल अस्पताल धरान , काठमाडौ हुँदै भर्खरै दिल्लीको म्याक्स अस्पतालमा उपचार गरि आफू सङ भएको करिब ४ लाख नगद उपचारमा खर्च गरि घर फर्किएका छ्न । आफ्नो घरको आर्थिक अबस्था नाजुक भएकोले थप उपचारका लागि स्थानिय वडा न ४ का पिताम्बर दहाल र नेत्र ढुंगाना लगायत यस ” ग्रामिण पत्रकार मञ्च गौरादह -गौरिगन्ज” मार्फत केही आर्थिक सहयोग जुटाउने कार्यको थालनी आजै बाट सुरु गरिएको छ । उक्त उपचार खर्चका लागि सहयोग गर्न , भुपाल राज कटवाल , जीवन राई , नेत्र ढुंगाना , पिताम्बर दाहाल हरु द्वारा रु ५१०००/- सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको छ । साथै यस्तै सहयोगीको हातहरुको सहयोगका लागि अपिल गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७५, आइतबार  ८ : ४५ बजे