११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

भन्सार प्रक्रिया बिना नै झापाबाट कवाडीका सामान भारत निकासी


१६ कार्तिक २०७५, शुक्रबार  

0
Shares

kawadi-saman

झापा १६, कात्तिक / भन्सार प्रक्रिया बिना नै झापाको खुल्ला सीमा क्षेत्रबाट कवाडीका सामग्रीहरु धमाधम भारत निकासी भइरहेको पाइएको छ । झापाको मेचीनगरदेखि ज्यामिरगढी, भद्रपुर, पृथ्वीनगर, पाठामारी, केचना, घैलाडुब्बा, टाघनडुब्बा र गौरीगञ्ज सीमा क्षेत्रबाट दैनिक सयौको संख्यामा साइकलमा लोड गरी भन्सार छलेर कवाडीका सामग्री निकासी भएपनि झापाका प्रहरी प्रशासन प्रमुख बेखबर छन् ।
कवाडी संकलनका लागि भारतबाट आएर भारतीय नागरिकले दिनभरी झापाका विभिन्न क्षेत्रमा कवाडी संकलन गर्ने र समय अनुकुल मिलाएर प्रहरीकै सेटिङमा कवाडी सामग्री लैजाने गरेको फेला परेको छ ।
भद्रपुर भन्सार अगाडि÷पछाडीबाट दैनिक ४० देखि ५० साइकल कवाडीका सामग्री लोड गरिएका साइकल मेची पुलबाटै जान थालेका छन् । उता भारतीय एसएसबीले कवाडीका सामान लोड गरिएका साइकल जान नदिएपछि उनीहरुले मेची पुल पारी खेत डिलको चोर बाटोबाट कवाडी लैजाने गरेका छन् ।
यता प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालका अनुसार प्रहरीको मिलोमतोमा कवाडीका सामग्री भारत निकासी भइरहेको बिषय मलाई जानकारीमा आएको छैन । उनले त्यस्ता गतिविधि भइरहेको भए त्यसलाई तुरुन्त रोक्ने बताए । भारतीय कवाडीवालाहरुले प्रहरीलाई २० देखि १०० रुपैयाँ सम्म लाइन बुझाएर कवाडी लैजाने गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  २ : ३४ बजे