३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

सुनसरी–मोरङका थारु समुदायले आज गोठाले पर्ब मनाउँदै, माछा र बगियासँग रमाउँदै


७ कार्तिक २०७५, बुधबार  

0
Shares

Gothale-parikar

विराटनगर ७, कात्तिक /
पुर्वी नेपालका थारु समुदायले मनाउने गोठाले पर्ब आज बिधिपुर्वक कार्यक्रमको आयोजना गरि मनाउँदै छन् । हरेक बर्ष कोजाग्रत पुर्णिमाको दिन मनाउने गोठाले पर्बमा मिठा परिकार बनाएर खाने थलन थारु समुदायमा रहँदै आएको छ। थारु सांस्कृतिक प्रचलन हेर्दा नेपालको पूर्वीय थारु र पश्चिम भागमा रहेको थारु समुदाय बीचमा सांस्कृतिक परम्परामा भिन्नता रहेको पाइन्छ ।
थारु समुदायभित्र रहेका विभिन्न थरहरू जस्तै— राना थारु, खाँ थारु, भगत थारु, मोदी थारु आदि ती विविधताको खोज यस लेखमा नगरिने हुँदा यहाँ पूर्वीय थारु समुदायले मनाउने गरेको तर सरकारी प्रचार नभएको, ठूलो महत्वको पर्व भएर पनि ओझेल परेको पर्वको रुपमा गोठाले पर्बलाई लिईँदै आएको थारु महिला निरा भगतले बताईन् ।
यो गोठाले पर्व द्वापरयुगमा श्री कृष्ण भगवनाको पालादेखि मनाउँदै आएको पाइन्छ । अपवादमा बाहेक थारु समुदायको मूल पेसा कृषि एवं पशुपालन नै रहेको र कृष्ण भगवान पनि गोठाले भई गाईवस्तु चराउने तथा गाईवस्तुको संरक्षण गर्ने गरिएको हुँदा कृष्ण भगवानको पालादेखि गोठाले पर्व मनाउने प्रचलन आएको मानिन्छ ।
गो भनेको गाई अर्थ लाइन्छ । थारु समुदायमा गोको अर्थ गोरु मानिन्छ । यसबाट गो भनेको गोरु र ठाले भनेको स्थान, ठाउँ मानिन्छ । यसबाट गोरु रहेको स्थानको पर्व भन्ने बुझिन्छ । किसानको लागि गोरु पालनकर्ताको रूपमा रहन्छ । द्वापर युगमा सबै जमिन पानीले भरी गाईगोरुलाई असुविधा हुँदा गोबद्र्धन पर्वत बनाएर श्री कृष्ण भगवानले रक्षा गरेको धार्मिक ग्रन्थमा पाइन्छ ।
यो गोठाले पर्व थारु समुदायले हरेक वर्षको कोजाग्रत पूर्णिमाको दिन मनाउने गर्दछन । दशैंको टीका विसर्जनपछि आउने कोजाग्रत पूर्णिमाको दिन लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिन्छ । लक्ष्मीको बास भएपछि बर्षभरी भोकमरी आउँदैन । सबैमा खुसी आउँछ । मंगलै—मंगल हुन्छ, कुनै अनिष्ट आउँदैन, त्यसैले सबै सुखी र खुसी रहन पाइन्छ भनी त्यो पर्वमा उत्साह आउने उनीहरुको विस्वास छ ।
सानै उमेरमा विवाह गरी घरमा गएका छोरीहरू, दिदीबहिनी, चेलीबेटी आजै माइत आएछन् । माइतमा आउँदा घुम्टो ओड्नु पर्दैन । कुमारी हुँदाकै जस्तोगरी हाँसीखुसी आफ्नो दिदीबहिनी, साथीसंगिनी भेट हुने, रमाइलो गर्ने, दुखसुखका कुराहरू एकअर्कामा सुनाउने दिनको रुपमा उनीहरुले गोठाले पर्बको रुपमा लिने गरेका छन् ।
यो दिन थारुहरूको मौलिक परिकार बनाएर इष्टमित्र, नातागोता सबैलाई खुवाउने, बाँड्ने प्रचलन पनि रहेको लखन्तरीका सुरेश माझीले बताए ।
यो गोठाले पर्वलाई थारु समुदायले मौलिक पर्वको रूपमा लिने गरेका छन् । हिन्दु सनातन धर्मालवम्बीहरूले यस पूर्णिमाको दिन अरू प्रकारले मनाए पनि थारु समुदायले मनाएको शैली भने अरू समुदायको भन्दा फरक छ ।
पस्चिम नेपालमा यो पर्ब थारु समुदायले नै नमनाउने गरेको भएपनि झापा मोरङ र सुनसरीका थारु समुदायले यो पर्ब मनाउँदै आएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७५, बुधबार  ८ : ४७ बजे