४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

मृर्गौला पिडित बोधराजलाई सहयोगको निरन्तरता


२ कार्तिक २०७५, शुक्रबार  

0
Shares

f8622204436fd30b967603b73b48bd1a.0

युबराज रेग्मी
गौरादह २, कार्तिक /
झापाको गौरादह वडा नम्बर ९ बैगुन्धुरा स्थित चादनी चोक निवासी मृगौला पीडित बोधराज खनाललाई सामाजिक सन्जाल चिनारी दर्शन मार्फत सहयोग स्वरुप उठेको जम्मा रकम २५ हजार हस्तान्तरण गरिएको छ । चिनारी दर्शन सन्चालक राजु निरौलाले आज उक्त रकम हस्तान्तरण गर्नु भएको हो । सन्कलित रकमका सहयोगीहरुमा
गौरिगन्ज गाउपालिका वडा न १ निवासी सहयोगि ब्याक्तित्व रमेश सिटौलाले नगद रु पन्ध्र हजार ,सोही वडा निवासि हाल दमकका स्थायी बासिन्दा मोहन पौडेलबाट नगद पाच हजार सोहि वडाकै अर्का सहयोगी चौरी निवासी हाल करफोक मा. बि. का शिक्षक दिनराज निरौलाबाट नगद पाच हजार गरि कुल जम्मा पचिस हजार हस्तान्तरण रकम पिडित बोधराज लाई उनकै निवासमा उपस्थित भइ हस्तान्तरण गरिएको छ ।
गौरादह वाड न ९ का सामाजिक ब्यक्तित्व रघुनाथ निरौला, राजनीतिकर्मी जागिराम अधिकारी ,शिक्षक भरत गौतम लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
बैगुन्धुराका बोधराज खनालको दुवै मृगौला खराव रहेको समाचार सार्वजनिक भएपछि उहाँको उपचारका निम्ति सामाजिक सन्जाल चिनारी दर्शन मार्फत अहिलेसम्म संकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो ।
सामाजिक सन्जाल चिनारी दर्शनको सक्रियतामा खनाललाई यो भन्दा अघि पनि नगद पचिस हजार एक सय रुपैयाँ हस्तान्तरण गरिएको थियो।

सामाजिक सञ्जालको सदुपयोगबाट निरौलाले सामाजिक छेत्रमा महत्वपूर्ण कामहरु गर्दै आउनु भएको छ । उहाँले गरिब दिन दुखी, अशक्त र बिरामी हरुलाइ सहयोग रकम जुटाउनुका सथै बिभिन्न ठाउँमा मन्दिर निर्माणको लागी सहयोग संकलन गर्नु कासाथै सामाजिक सञ्जाल मार्पmत बिभिन्न समाचारहरुको जानकारी दिँदै आउनु भएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार  ९ : ०९ बजे