१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चियापानको आयोजना गर्न प्रधानमन्त्री ओली गृहजिल्ला झापामा । यस्ताे छ प्रधानमन्त्री अाेलीकाे कार्यक्रम


१ कार्तिक २०७५, बिहिबार  

0
Shares

20181018_121624

विर्तामोड १, कार्तिक / प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आउँदै छन् । प्रधानमन्त्री ओली आफैले विगत केही वर्षदेखि आयोजना गर्दै आएको दशैंको शुभकामना आदान प्रदान तथा चियापान समारोहमा सहभागी हुन बिहान ११ बजे झापा आउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले बिहीबारै झापा जिल्ला समन्वय समितिको सभाहलमा नेपाल रेडक्रस सोसाईटीले आयोजना गरेको स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।

त्यसैगरी प्रधानमन्त्रीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदानप्रदान तथा चियापान समारोह हुँदैछ ।

प्रधानमन्त्री आफनो निर्वाचन क्षेत्र तथा गृह नगर दमक नआई अपरान्ह पौने ४ बजे भद्रपुर विमानस्थलबाट काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन् ।

कार्यक्रम
कार्तिक १ गते विहिवार, महानवमी ( विहान झापा प्रस्थान र अपरान्ह काठमाण्डौ फिर्ता)
चन्द्रगढीस्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा पुस्तक विमोचन कार्यक्रम
सम्माननीय प्रधानमन्त्री ओलीको आयोजनामा विर्तामोडस्थित अग्रसेन भवनमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम
२०७५ कार्तिक २ गते, शुक्रवार, दशमी
विहान ९ः४५–१०.०० ः सम्माननीय प्रधानमन्त्रीद्वारा पिताजी श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण
विहान १०.०० पछि सम्माननीय प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुद्वारा प्रधानमन्त्रीको हातबाट टिका ग्रहण
दिउँसो १.०० ः सम्माननीय प्रधानमन्त्रीद्वारा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट टिका ग्रहण
दिउँसो २ः०० ः माननीय मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्च पदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
अपरान्ह ३.३० देखि ५.३० ः पार्टी कार्यकर्ता तथा सर्बसाधारणहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
साँझ ६ः०० बजेदेखि ः परिवारका सदस्यहरुद्वारा सम्माननीय प्रधानमन्त्रीबाट टिका ग्रहण
एकादशी कार्तिक ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११.०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुद्वारा सम्माननीय प्रधानमन्त्रीको हातबाट टिका ग्रहण समय तालिका तय गरिएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७५, बिहिबार  ६ : ३३ बजे