३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

नगर भलिवलकाे उपाधि वडा नं २ लाई


३० आश्विन २०७५, मंगलबार  

0
Shares

903e46ee49ad458c4371051da611dc47.0

गौरादह ३० , असोज / दशैँको शुभकामना आदान–प्रदान गर्ने उद्देश्ले वडा नं ७ खेलकुद विकास समिति गौरादहले सञ्चालन गरेको नगर भलिबलको उपाधि वडा नं. २ ले हात पारेको छ ।

मंंगलबार भएको वार्ड नं. ७ र २ बीचको फाइनल खेलमा वार्ड नं. २ ले ७ लाई २७/२९, २५/२३,२५/१५ को सेटमा पराजित गरेको थियो । मंगलबारकै दिन भएको जनप्रतिनिधि र नगर भित्रका शिक्षक कर्मचारीसहितको मैत्रीपूर्ण खेलमा कर्मचारीको टिम विजयी भएको हो ।

विजेता र उपविजेता तथा तेश्रो हुने टिमलाई क्रमसः २५ हजार र १५ हजार र ८/८ हजार सहित सिल्ड पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । समापन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका मेयर रोहितकुमार साहले खेलकुदको माध्यमबाट युवाहरुमा सकारात्मक सोचको विकास गराउन सकिने बताए ।

राजेश राईको सभापतित्वमा भएको कार्यक्रममा प्रेम दंगालले शुभकामना मन्तव्य राखेका थिए भनें कार्यक्रमको सञ्चालन उमेश खरेलले गरेको आयोजक समितिका अध्यक्ष राजेश राईले जानकारी गराए ।

प्रकाशित मिति : ३० आश्विन २०७५, मंगलबार  ३ : २० बजे