३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

खजुरगाछी साना किसान कृषि सहकारीकाे चाैथाे साधारण सभा सम्पन्न


२९ आश्विन २०७५, सोमबार  

0
Shares

20181014_133038

गाैरीगंज २९, असाेज / खजुरगाछी साना किसान कृषि सहकारी संस्था लिकाे अाइतबार चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं ६ स्थित खजुरगाछीकाे काेटेश्वर शिवालय मन्दिरकाे सभा हलमा सम्पन्न साधारण सभामा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ थिए ।
संस्थाकाे खुल्ला सत्रमा संस्थाकि अध्यक्ष डिक कुमारी अधिकारीले गरिबलाई लक्षित गरि शुरू गरिएकाे याे कार्यक्रमले समाजमा रहेका गरिब, पछाडि परेका र किसान महिलाहरूलाई समूहमा अाबद्व गराइ सामूहिक निर्णयकाे अाधारमा अार्थिक, सामाजिक तथा सामूदायिक उन्नति गर्ने उधेश्य रहेकाे अाफ्नाे प्रतिवेदनमा प्रस्तुत गरेकी थिईन ।
अध्यक्ष अधिकारीलेे प्रतिवेदनमा अावा ०७४/०७५ मा संस्थाले २ कराेड ३८ लाख ८५ हजार २ सय ८९ रूपैयाँ कुल लगानी गरेकाेमा असुली १ कराेड ९१ लाख ३ हजार ४ सय ५ रूपैयाँ गरि वर्षको अन्त्यमा कुल लगानी २ कराेड ५४ लाख ६८ हजार ६ सयल४८ रूपैयाँ बनाउन सफल भएकाे उल्लेख गरेकी छन् । यस वर्षकाे अन्त्यसम्मा संस्थाले जम्मा निक्षेप बचत ५८ लाख ८९ हजार ९सय ९७ रूपैयाँ गरेकाे प्रतिवेदनमा जनाईएकाे छ ।
संस्थाले अावा २०७४/०७५ मा जम्मा अाम्दानी ४३ लाख ६४ हजार ८ सय २६ रूपैयाँ गरेकाेमा जम्मा खर्च ३३ लाख ३६ हजार ८ सय ९ रूपैयाँ कटाएर खुद नाफा १० लाख २८ हजार १६ रूपैयाँ गरेकाे छ ।

२०७१ साल ०३ महिना २९ गते स्थापना भएकाे खजुरगाछी साना किसान कृषि सहकारी संस्था लिले छाेटाे समयमा नै अाफ्नाे उधेश्य अनुरूप कार्य गर्दै गएकाे हुनाले धेरै सदस्य संगठित भएकाे जनाईएकाे थियाे ।
कार्यक्रममा संस्थाले तीन जना जेष्ठ सदस्यलाई सम्मानसमेत गरेकाे छ । जेष्ठ सदस्य देव कुमारी पाण्डे, कमला मिश्र र शाेभा राईलाई खादा अाेढाएर सम्मानपत्रले सम्मानित गरिएकाे थियाे । त्यसैगरी संस्थाका सदस्यका छाेराछाेरीमध्ये सामुदायिक विधालयमा २०७४ सालकाे SEE परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा बविता कुमारी महताेलाई नगद ११ सय रूपैयाँसहित सम्मान पत्रले सम्मानित गरिएकाे थियाे ।
संस्थाकि लेखा संयाेजक नाैताली राजवंशीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिईन । समूह संख्या १३१, सदस्य संख्या महिला ६२६ र पुरूष ५ जना गरि जम्मा ६३१ रहेकाे लेखा प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।
साना किसान कृषि सहकारी संस्था केन्द्रीय संघका सदस्य मीना धितालकाे विशेष अतिथिकाे रूपमा सहभागी कार्यक्रममा जुराेपानी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष नवराज लुईटेल, जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवीलगायतकाे सहभागिता थियाे भने कार्यक्रमकाे सञ्चालन संचालक समितिकी सदस्य लक्ष्मी लुईटेलले गरेकी थिईन ।
20181014_132836
20181014_132844

प्रकाशित मिति : २९ आश्विन २०७५, सोमबार  १२ : ०४ बजे