१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मिडियाकप फुटसलको उपाधि कसारलाई


२८ आश्विन २०७५, आइतबार  

0
Shares

20181014_070827
दमक २८ ,असोज / दमकमा सञ्चालित मिडियाकप फुटसल प्रतियोगिताको उपाधि गौरादहको कसार साप्ताहिकले जितेको छ । शनिवार दमक–९ स्थित रणभूमि फुटसल मैदानमा सम्पन्न उपाधि खेलमा दमकको समदर्शी मासिकलाई १ का विरुद्ध ५ गोल गरि जित हासिल गरेको हो ।

जितसंगै विजेताले १५ हजार,ट्रफि तथा प्रमाणपत्र हात पारे भने उपविजेताले १० हजार ,ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको हाइस्कोर ७ / ७ गोल गर्ने विजेता र उपविजेताका क्रमशः अंकित दाहाल र शुसील राईले पुरस्कार पाए । त्यस्तै, गेम अफ द सिरिजबाट विजेताकै प्रेमसागर दाहालले पुरस्कार प्राप्त गरेको आयोजक संस्था नेपाल प्रेस युनियन माइपश्चिम समितिका अध्यक्ष विष्णु सुब्बाले बताए । प्रतियोगितामा विजेता,उपविजेता खेलाडीहरुलाई प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बु, रेडियो ब्रोडकास्टिङ एशोसियसनका ( वान ) प्रदेश सचिव धु्रव न्यौपाने, दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीलगायतले वितरण गरेका थिए ।

वडादशैंको अवसर पारेर युनियनले माइपश्चिमका मिडिया हाउसहरुवीच एकदिवसीय मिडियाकप फुटसल प्रतियोगिता गरेको हो । प्रतियोगितामा माइपश्चिमका १० वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटनमा वडादशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । शुभकामना आदानप्रदानमा प्रतिनिधिसभाकी सदस्य लिम्बु, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली,गौरादह नगर प्रमुख रोहित शाह, दमक नगर उपप्रमुख गीता अधिकारी,प्रेस युनियन झापाका निवर्तमान अध्यक्ष कृष्ण हुमागाई ,पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाललगायतले बोलेका थिए । उद्घाटनमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७५, आइतबार  १ : २४ बजे