१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल महिला सशक्तीकरण संस्थाकाे गाैरादहमा केन्द्रीय कार्यालय स्थापना


२६ आश्विन २०७५, शुक्रबार  

0
Shares

FB_IMG_1539353418451
गाैरादह २६, असाेज / नेपाल महिला सशक्तीकरण संस्थाकाे अाज गाैरादहमा केन्द्रीय कार्यालय स्थापना भएकाे छ ।
गौरादह नगरपालिका वार्ड नं ७ स्थित जुरोपानीमा नगरप्रमुख रोहित शाहले विधिपुर्वक रिवनकाटी उद्घाटन गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राेहित शाहले महिला सशक्तीकरणमा यो संस्थाले गौरादह नगरपालिकामा अग्रणी भुमिका खेलेको भन्दै कार्यालय स्थापनाले यस भेगको मात्रैै होइन समग्र क्षेत्रका पछाडि परेका सिमान्तकृत महिलाहरूलाई समेटि अगाडि बढ्ने विश्वास लिएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रोहित शाहले यस संस्थाको विकासको लागि स्थानिय सरकार जहिल्यै साथ र सहयोग दिने बताउनुभयो । त्यसैगरी वार्ड नंं ७ का वार्ड अध्यक्ष बलराम खरेल ले संस्थाको लागि आवस्यक कार्यालयको लागि कोठा उपलव्ध गराउनु का साथै आवस्यक सामग्रीहरु पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । ग्रामीण तथा शहरी विकास संस्थाकि अध्यक्ष एवं यस संस्थाका सल्लाहाकार संयोजक वसन्त लक्ष्मी उदासले संस्थाकाे कार्यालयका लागि काेठा उपलब्ध गराएकाेमा स्थानिय सरकारलाई धन्यबाद दिदै नेपाल महिला सशक्तिकरण संस्थाको वारेमा र गौरादह नगरपालिकाको आर्थिक सहयोगमा संचालन हुन लागेको नया कार्यक्रमको वारेमा स्पष्ट पार्दै यस संस्थालाई निरन्तर सहयोगको लागि नगर प्रमुखज्यूसंग अनुरोध पनि गर्नु भएको थियो ।
नेपाल महिला सशक्तीकरण संस्थाकि अध्यक्ष भरीपुर्ण राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य एवं वाडं नं. ७ का अध्यक्ष बलराम खरेल, कार्यपालिका सदस्य एवं वाडं नं. ६ का अध्यक्ष खडग प्रशाद पराजुली कार्यपालिका सदस्य एवं यस संस्थाका सल्लाहाकार सदस्य जलवर्षा राजवंशी, पार्वता ताजपुरीया, यसोदा दाहाल, संस्थाका सल्लाहाकार सदस्य लिला कार्की, सुमित्रा खरेल शकुन्तला गौतम, गौरा लुईटेल, गंगा पौडेल, पवित्रा घिमिरे, नेपाली कांग्रेश पार्टीका नगर अध्यक्ष यादव सेढाई , राष्ट्यि महिला सशक्तिकरण संस्था का अध्यक्ष फुलवती राजवंशी सचिव पुष्पलता राजवंशी, वाडं नं ७ का संजालका संयोजक, पत्रकार, जेष्ठ नागरीक र संस्थाका सदस्यहरुको सकृय सहभागीता रहेको थियो । उक्त कार्यक्रममा स्वागत भिम कुमारी राई र सचिव नवनिता पोमुले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  २ : १३ बजे