३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउने


२६ आश्विन २०७५, शुक्रबार  

0
Shares

20181012_075701
बीबीसी / हास्य विधाका माध्यमबाट दर्शकको मन मस्तिष्कमा बस्न सफल हास्य कलाकार कपिल शर्मा फेरि एक पटक ‘कमेडी शो’ ल्याएर आउन लागेका छन् । कुनै समयमा भारतीय टेलिभिजनमा कपिल शर्माको ‘कमेडी शो’ अत्याधिक हेरिने ‘शो’ थियो भने उनको ‘टिआरपी’ आकाशिदो थियो ।

तर चर्चासँगै कपिल शर्माको ‘शो’ लाई कयौं प्रकारका कठिनाईहरुको सामना गर्नु पर्यो । पहिलो ‘शो’ को शुरुवात कलर्स टिभीमा भएको थियो । तर च्यानलसँगको खटपट पछि उक्त ‘शो’ सोनी टिभीमा प्रदर्शन हुन थालेको थियो । गुत्थी र डा. गुलाटीको भूमिकामा देखिदै आएका सुनील ग्रोवर र कपिल शर्माबीचको विवाद ‘शो’ का लागि कठिन हुन पुग्यो । ग्रोवर उक्त ‘शो’ का लागि कपिल शर्माभन्दा बढी मन पराइने कलाकार बन्न सफल भइसकेका थिए ।

यद्यपि पछि सोनी टिभीले कपिल शर्माको ‘शो’ लाई केही समयका लागि पुनः शुरु गरेको थियो । अब हास्य कलाकार कपिल शर्मा लामो समयक अन्तरालपछि एक पटक फेरि टिभीमा ‘कम ब्याक’ गर्न गइरहेका छन् । आगामी महिनाबाट कपिल शर्माको ‘द कपिल शर्मा शो २’ सोनी टिभीमा प्रशारण हुने भएको छ ।

बीबीसीसँगको कुराकानीमा कपिल शर्माले आफू यति लामो समयसम्म सार्वजनिक स्थानमा नदेखिनुका पछाडिको मुख्य कारण मदिराको कुलत भएको बताएका छन् । उनी भन्छन्, ‘‘म वर्कहलिक हुँ तर मैले अत्यन्तै धेरै पिउन (मदिरा) शुरु गरेको थिएँ । जुन मेरो गल्ती थियो । तर मान्छेलाई उ गलत गरिरहेको छ भन्ने थाहा भएपछि उसले त्यसलाई अर्को पटक त्यसलाई दोहोर्याउँदैन । मान्छे आफ्नो अन्तिम श्वाससम्म केही न केही सिकी नै रहेको हुन्छ र म पनि सिकी रहेको छु ।’’

प्रकाशित मिति : २६ आश्विन २०७५, शुक्रबार  २ : १२ बजे