१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा चाडवाड लक्षित सुरक्षा ब्यवस्था कडा


२४ आश्विन २०७५, बुधबार  

0
Shares

jhapa-police

गाैरीगंज २४, असोज /
दशैं, तिहार लगायत ठुला चाडपर्वलाई लक्षित गरी झापामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक घटना रोक्न प्रहरीले झापामा विशेष सुरक्षा योजना बनाई लागू गरेको हो । झापामा चाडपर्वमा शान्ति सुरक्षालाई भरपर्दो बनाउन ६२ वटा प्रहरी इकाईबाट १ सय ६९ स्थानमा ८ सय ३७ जना प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाडपर्वमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै चार स्थानमा ७० जना रिजर्भ, स्टाईकिङ्गमा पन्ध्र, २३ स्थानमा मोबाइल गस्ती, पाँच स्थानमा अनुगमन गस्ती, ४५ वटा मोटरसाईकल गस्ती र एघार स्थानमा हुने पैदल गस्तीमा ५५ जना प्रहरी परिचालन गरिएको छ ।
बैंक र वित्तीय संस्था, मुख्य बजार क्षेत्रमा निगरानी र अनुगमन, बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन गर्नुका साथै कुनै अप्रिय घटना हुन नदिन प्रहरीलाई चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए ।
त्यस्तै, सीमावर्ती क्षेत्रबाट हुने अपराधिक गतिविधिलाई निष्तेज पार्नका लागि सीमावर्ती क्षेत्रमा पनि गस्तीलाई २४ सैं घण्टा परिचालन गरिएको छ । सीमा नाकाबाट हुने चोरीतस्करी, अवैध ओसारपसार र आपराधिक गतिविधी रोक्न भारतीय सुरक्षाकर्मीसँग आवश्यक छलफल, सहकार्य र समन्वय गरिएको प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २४ आश्विन २०७५, बुधबार  २ : ०१ बजे