१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा प्रहरीले आज ७० लिटर घरेलु मदिरा नष्ट गर्यो


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

Jhapa_Map-

भद्रपुर २३, असोज / मेचीनगर–१० स्थित धुलाबारीमा आज बिहान प्रहरीले ७० लिटर घरेलु मदिरा बरामद गरेको छ । जाँचका क्रममा प्रहरीले गाडीमा लादेर बिक्रीका लागि विर्तामोड तर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीले सो मदिरा बरामद गरेको हो ।

बरामद मदिरा आज बिहानै स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादन गरेर बिक्री वितरण गर्न सरकारले रोक लगाए पनि अवैधरुपमा यसको बिक्री वितरण भइरहेकाले प्रहरीले कडा निगरानी गरिरहेको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

एक साता अघि मात्र भद्रपुर, गौरीगञ्जलगायतका स्थानमा पनि घरेलु मदिरा बरामद गरी प्रहरीले नष्ट गरेका थियो । (रासस)

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  १० : ४२ बजे