१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

पूर्वमा लोकप्रिय बन्दै पुर्व मै उत्पादित “मगमग” चाउचाउ


२३ आश्विन २०७५, मंगलबार  

0
Shares

mug-mug
गाैरीगंज २३, असोज / प्रदेश नम्बर १ झापाको मेचीनगर–१४ दुवागढीबाट उत्पादन हुने “मगमग” चाउचाउ को माग पूर्वका बिभिन्न सहरमा बढ्दै गएको छ । छोटो समयमा नै मनषा थाई फुड्स प्रालिले उत्पादन गरेको “मगमग” ब्राण्डको चाउचाउ सर्वसाधारणले रुचाउन थालेका छन् ।

‘अब हर घर मग्मगाउँछ’ भन्ने त्याग लाइनका साथ बजारमा आएको उक्त चाउचाउ हालसम्मकै अत्याधुनिक प्रविधि र मेसिनको प्रयोग गरेर उत्पादन सुरु गरिएको संचालक अजय अग्रवालले जानकारी दिए ।

झापाका गणेश प्याकुरेल , अजय अग्रवाल, पर्शुराम अग्रवाल, ओमप्रकाश अग्रवाल र बुद्धि घिमिरले संयुक्त रुपमा उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगबाट मगमग, प्यारी, रेलिमाई, गट्टुबट्टु ब्रान्डका चाउचाउ र चीजबल, चीजरिङ, कुटुकुटु, पोटेटो क्र्याकर, कर्न फ्लेक्स लगायतका उत्पादन हुने छन् । मगमगले ८१, ७० र ४५ ग्रामका तीन प्रकारका प्याकेट बजारमा ल्याएको छ । ८१ ग्रामको प्याकेटको मूल्य २० रुपैयाँ, ७० ग्रामको १५ रुपैयाँ र ४५ ग्रामको १० रुपैयाँ उपभोक्ता मुल्य कायम गरिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलबार  ८ : २३ बजे