४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

सन्थाल बालबालिकालाई वीरता जेसीजको सहयोग पोशाक, व्याग र जुत्ता पाउँदा अभिभावक पनि दंग


१९ आश्विन २०७५, शुक्रबार  

0
Shares

43086337_166709154254593_8149790346415439872_n
बिर्तामोड १९, असोज /
सीमान्तकृत तथा विपन्न सन्थाल समुदायका बालबालिकालाई हिजाे विहीबार वीरता जेसीजले विद्यालय पोशाक, व्याग लगायतका सामग्री सहयोग प्रदान गरेको छ ।
सन्थाल समुदायका बालबालिकाको शिक्षामा पहुँच बृद्धि तथा बालबालिकाले शिक्षा आर्जनका लागि कुनै कुराको अभाव खेप्नु नपरोस् भन्ने सन्देश प्रवाह गर्न जेसीजले पोशाक, व्याग, जुत्ता लगायतका सामग्री प्रदान गरेको बताइएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहकाबीच प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष शेखर ढकालले उक्त सामग्री प्रदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । जेसीजले बिर्तामोडस्थित देवी माविमा अध्ययनरत् आठ जना छात्रछात्रालाई उक्त सामग्री प्रदान गरेको हो । देवी माविकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, प्रमुख अतिथि ढकाल लगायतले सीमान्तकृत तथा विपन्न सन्थाल बालबालिकाको शिक्षाका लागि जेसीजले उदाहरणीय सहयोग गरेको बताए । उनीहरुले जेसीजले यस्ता कामबाट वास्तविक सेवाको सन्देश प्रवाह पनि गरेको बताए ।
सन्थाल बालबालिकाको निवास परिसर बिर्तामोड १मा भएको कार्यक्रममा सामग्री पाउने बालबालिका र तिनका अभिभावक खुशीले दंग देखिन्थे । कार्यक्रम संयोजक वीरता जेसीजका सदस्य मो. साहनवाज अन्सारीले स्वागत गरेको कार्यक्रममा आस्था वाचन सदस्य सुरेश खतिवडाले गरेका थिए । महासचिव बिनोद पाण्डेले सञ्चालन गरेको कार्यक्रममा जेसीआई मिसन, भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको थिम वाचन कोषाध्यक्ष जीवनकुमार खड्काले गरेका थिए ।
उक्त सामग्री पाउने छात्रछात्रामा विशाल हेमरम (कक्षा–९), पवन बास्के (कक्षा–७), सिद्धान्त वेस्रा (कक्षा–१), निशा हेमरम (कक्षा–७), बिनु हस्दा(कक्षा–७), निशान हेमरम(कक्षा–५), प्रवीन बास्के (कक्षा–५), सन्ध्या बेस्रा(कक्षा–५) रहेका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७५, शुक्रबार  ५ : ०५ बजे