१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

श्री नवगाैरी महिला कृषि सहकारी गाैरीगंजकाे साधारणसभा सम्पन्न


१७ आश्विन २०७५, बुधबार  

0
Shares

20181003_135718
गाैरीगंज १७, असाेज / श्री नवगाैरी महिला कृषि सहकारी संस्था लि गाैरीगंजकाे साताै साधारणसभा अाज सम्पन्न भएकाे छ । गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाकाे प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा संस्थाकि अध्यक्ष सीता पाेख्रेलले प्रगति प्रतिवेदन पेश गरेकी थिईन ।
गाैरीगंज गाउँपालिकाकाे सभा हलमा सम्पन्न कार्यक्रममा संस्थाकी अध्यक्ष पाेख्रेलले संस्थाकाे कुल चुक्ता शेयर पुजी १३ लाख १ सय ३० रूपैयाँ र कुल बचत संकलन १३ लाख ९२ हजार ८ सय ६५ रूपैयाँ रहेकाे प्रतिवेदन पेश गरेकी थिइन ।
संस्थाकाे हालसम्मको कुल सम्पति १७ लाख ७५ हजार रूपैयाँ रहेकाे संस्थाकि उपाध्यक्ष चमेली राजवंशीले बताइन । कार्यक्रममा संस्थाकी काेषाध्यक्ष लक्ष्मी कार्कीले लेखा प्रतिवेदन पेश गरेकी थिइन ।
२०६१ सालमा स्थापना भएकाे संस्थाकाे हालसम्म १ सय १० जना सदस्य छन् । कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं ३ का अध्यक्ष मखना महताे, वार्ड नं ४ का अध्यक्ष कुल प्रसाद गिरी, प्रशासकिय अधिकृत राजकुमार शाक्य, कृषि शाखा गाैरीगंज प्रमुख भिमा राई लगायतकाे उपस्थित रहेकाे कार्यक्रमकाे सञ्चालन संस्थाकी काेषाध्यक्ष लक्ष्मी कार्कीले गरेकी थिईन ।

प्रकाशित मिति : १७ आश्विन २०७५, बुधबार  ९ : १४ बजे