४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरादहकी मृर्गौला पिडित बालिकालाई जापानबाट सहयोग


१२ आश्विन २०७५, शुक्रबार  

0
Shares

84c7ccba62a69fcc34ef670a342641f2.0

युबराज रेग्मी गौरादह १२, असोज / ग़ुल्मी जिल्ला मूसिक़ोट नगरपालिका वार्ड न ८ माँझखर्क , स्थायी बसोबास नवलपूर गैडाकोट ८ घर भइ हाल बैदेसिक रोजगारीका क्रममा बिगत ८ बर्स देखि जापानमा बस्नु हुने सामाजिक र परोपकारी मनका धनी ऋषिराम सापकोटाले झापा जिल्ला गौरादह नगरपालिका वडा न ४ बस्ने बर्ष ८ कि मृगौला पिडीत बालिका पोख्रेललाई अार्थिक सहयाेग प्रदान गरेका छन् ।
उनले उपचारका लागि सहयोग स्वरुप नगद रु १०१२२/- सहयोग रकम सहयाेग गरेका हुन् ।

बुधबार काेचिला न्युजबाट बालिका पाेख्रेल मृगौला पिडित भएकाे र उपचारका निम्ति अार्थिक अवस्था नरहेकाे समाचार प्रकाशित भएपछि समाचार पढेर मनकारी व्यक्तित्व ऋषिराम सापकाेटाले सहयाेग गरेकाे बताए ।

बालिका पाेख्रेल मिर्गौला सम्बन्धि रोगले बिगत केही बर्ष देखि पिडित छिन । हाल उनी हजुरबुबा र हजुरआमाको संरक्षणमा छिन । जापानबाट सहयोगदाता ऋषिराम सापकाेटाले अार्थिक सहयाेग काे साथै बालिकाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ । यसैगरी झापा घर भई हाल साउदी अरब बस्ने रूद्र पाैडेलले मृगौला पिडित बालिका पाेेेख्रेललाई उपचार खर्चका लागि अार्थिक संकलन गर्न संघ संस्था, ईस्टमित्र तथा अाफन्त सबैलाई सहयाेग गर्न अनुराेध गरिरहेकाे जनाईएकाे छ ।
बालिकाको उपचारमा सहयोग रकम जुटाउन अाज ‘बालिका पोख्रेल बचाउ अभियान “का नाममा स्थानिय बिनिता सापकोटाको अध्यक्षतामा ७ सदस्यीय आर्थिक संकलन तथा सहयोग समिती समेत गठन भएकाे छ । हालसम्म सम्बन्धित बालिकाको परिवारको कुनै सम्पर्क नम्बर र बैंक खाता समेत नहरेकोले सहयोग समिती मार्फत आवश्यक विवरण चाडै उपलब्ध गराउने सहयोग समिती अध्यक्ष बिनिता सापकोटाले जानकारी दिइन ।

प्रकाशित मिति : १२ आश्विन २०७५, शुक्रबार  १२ : २२ बजे