१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनकपुरमा परिक्षा वहिष्कार गरेर विराटनगरमा २ दिनदेखि इन्जिनियरिङ्गका विद्यार्थीद्धारा आमरण अनसन


८ आश्विन २०७५, सोमबार  

0
Shares

ansan-2-1

विराटनगर ८, असोज / विराटनगर २ मा रहेको स्थित पूर्वाञ्चल विश्व विद्यालय परीक्षा व्यवस्थापन कार्यालयसँग विभिन्न माग राख्दै विद्यार्थीहरु आमरन अनसनमा बसेका छन् ।
जनकपुरस्थित सेन्ट्रल इन्जिनियरिङ्ग कलेजमा अध्ययरत विद्यार्थीहरु आफनो माग पुरा गर्न दुई दिनयतादेखी विश्व विद्यालय अगाडी अनसनमा बसेका हुन् ।
विश्व विद्यालयले भदौ २६ गते लिएको परीक्षा रद्ध गरि पुनःपरीक्षाको तालिका सार्वजानिक गरिनुपर्ने, गैर जिम्मेवार परीक्षा नियन्त्रकलाई कारबाही गर्नुपर्ने, पुन परीक्षा संचालन गराई विद्यार्थीहरुको भविष्य सुनिश्चित गरिनुपर्ने लगायतको विभिन्न माग राख्दै आइतबारदेखी सुरु भएको आन्दोलन सोमबारसमेत जारी रहेको थियो ।
अमरन अनसनमा सेन्ट्रल केलमा अध्ययरत आधा दर्जन विद्यार्थी केही नखाइ अनसनमा बसेका छन् । जय नारयण ठाकुर, मुकेश सिंह, सुन्दर यादव, दिपक यादव र अमित साह अनसनमा बसेका हुन् । ‘परीक्षा केन्द्र अध्यक्ष विरेन्द्र साहले परीक्षाअघि विद्यार्थीहरुमाथि दुव्र्यहार गरे,’ सेन्ट्रल कलेजका विद्यार्थी जय नारयण ठाकुरले भने, ‘केन्द्रअध्यक्षबाट आजित भएपछि परीक्षा बहिस्कार गरेका हौं । परीक्षाकेन्द्र र केन्द्रअध्यक्ष परिवर्तन गरि हाम्रो परिक्षा पुन हुनपर्दछ,’ उनले भने । हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहने विद्यार्थीहरुको भनाई । यस कलेजमा विभिन्न सेमिस्टरका गरि करिब पाँच सय जना विद्यार्थी अध्ययनरत रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७५, सोमबार  ३ : १४ बजे