१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमकमा बुहारीले ढुंगाले हानेर सासू गम्भिर


७ आश्विन २०७५, आइतबार  

0
Shares

sasu_buhari
दमक ७, असाेज /

झापाको दमक नगरपालिका-२ मा शनिवार दिउँसो बुहारीको कुटाईबाट सासू गम्भिर घाईते भएकी छन् । दिउँसो १२ बजेको समयमा सासू-बुहारी विच घरायसी बिवाद हुँदा ४६ बर्षीया बुहारी लक्की खवासले बर्ष ७६ को सासू बनादेवी खवासलाई ढुंगाले हानेकी हुन ।

ढुंगाले टाउकोमा लागेर गम्भिर घाईते भएकी सासू बनादेवीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर ल्याईएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ढुंगा प्रहार गर्ने बुहारीलाई दमक प्रहरीको नियन्त्रणमा राखिएको छ ।

त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-१० जल्पापुरमा जग्गाको विषयमा झगडा हुँदा १ जना घाईते भएका छन् । बिहान साढे ११ बजे सोही स्थान बस्ने बर्ष ४० को ताहिर मिँयालाई जग्गाको बिषयमा झगडा हुँदा सोही स्थान बस्ने मुस्ताक मिँयाले कुटपिट गरेका थिए ।

कुटपिटबाट मिँयाको अनुहार र शरिरमा चोट लागेर गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको छ । कुटपिट गर्ने मुस्ताक तत्काल फरार रहेकोले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  ८ : ४३ बजे