३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

दशै तिहार र छठ लक्षित दुई दिने दशै मिनीमेला


७ आश्विन २०७५, आइतबार  

0
Shares

mela2
भद्रपुर ७,असोज / नेपालीहरुको महान चाड दर्शै, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै मारवाडी समुदायका महिलाहरुले झापाको भद्रपुरमा दुई दिने दशैं मिनी बजार लगाएका छन् ।
भद्रपुर ६ स्थित सिटी गार्डेन होटल परिसर भित्र पहिलो पटक दशै मिनी बजार लगाएका हुन् । भद्रपुर मारवाडी महिला मञ्चको आयोजना तथा भद्रपुर मारवाडी संघ, युवती र युवा मञ्चको सहकार्यमा शनिवार र आइतबार गरी दुई दिन लगाइने मिनी बजारमा विभिन्न किसिमका २० वटा स्टलहरु रहेको मारवाडी महिला मञ्चकी अध्यक्ष निकी साहेवालाले जानकारी दिए । महिला, युवती तथा बालबालिका लक्षित गरी लगाइएको मिनी बजारमा भारतका कलकत्ता, जयपुर, मुम्बई, दिल्ली, बनारस, सिलगुढी पाइने आर्कषण लुगा कपडा, मेकअपका सामान तथा गरगहना, पर्स, झोला एवम अन्य सजावटका सामान, मनोरञ्जनात्मक खेल सामग्री प्रर्दशनीमा राखिएको अध्यक्ष साहेवालाले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  १ : ४९ बजे