१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विराटनगरमा कर्मकाण्ड परिषदको अधिवेशन, धर्म संरक्षणका लाग कुरितिलाई बिशिष्टीकरण गरिने


७ आश्विन २०७५, आइतबार  

0
Shares

Pujari-Priest

विराटनगर ७, असोज /
बैदिक कर्मकाण्ड परिषद नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । आज आयोजित कार्यक्रमका बिच परिषदको अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा परिषद आबद्ध ७ दर्जन बढी पण्डित,पुरोहित र आस्थावान सहभागी भएका थिए । अधिवेशनले धर्मका नाममा फैलाइएका कुरुतीहरुलाई बिशिष्टीकरण गर्दै अन्त्य गर्न प्रभावकारी कदम चाल्ने निर्णय गरेको छ ।यस्तै कर्मकाण्डको क्रममा बैदिक परम्परा विपरीत निजी तवरले गरिने निर्णयहरुलाई निरुत्साहित गर्ने र प्रत्येक चार चार महिनामा भारत तथा नेपालका विद्धान पण्डित,ज्योतिषीहरुलाई भेला गराई कर्मकाण्ड,बास्तुशास्त्र र ज्योतिष विद्या सम्बन्धि शिक्षण लगायतका कार्यक्रमहरु सञ्चालन गरिने निर्णय समेत भएको आयोजक संस्थाका पुर्वसचिव सुभाष गौतमले जानकारी दिए ।
यसैबीच अधिवेशनले केहि पदाधिकारी पदमा सामान्य हेरफेरगर्दै यसअघि समेत अध्यक्ष रहेका पण्डित कुमार निरौलालाई पुनः अध्यक्षमा मनोनित गरेको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७५, आइतबार  १ : ४४ बजे