१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

महिला कृषि सहकारीको साधारण सभा सम्पन्न


६ आश्विन २०७५, शनिबार  

0
Shares

81bfb8d1b4a6ef651a2c016f5ab9b397.0

युबराज रेग्मी गौरादह ६ , असोज / गौरादह सानाकिसान महिला कृषि सहकारी संस्था लिमिटेडको नबौ वाषिर्क साधारण सभा आज सम्पन्न भएको छ । गौरादह स्थित सामुदायिक भबनमा आयोजित कार्यक्रममा लेखा संयाेजक ललिता सिक्देलले ५करोड ७७ लाख ६६ हजार ५६६ को वासलात प्रस्तुत गरेकी थिइन । सस्थाकी अध्यक्ष तुलसा भुजेलको सभापतित्वमा आयोजित कार्यक्रममा गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहको प्रमुख अातिथ्यतामा ५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । साथै एस. इ. इ. परिक्षामा उत्कृष्ट २ बिध्यार्थी , २ जना उत्कृष्ट व्यावसायि, ४ उत्कृष्ट पसुपालक त्यसैगरि उत्कृष्ट तरकारी खेती तर्फ ४जना ,उत्कृष्ट समूह बचत कर्ता तर्फ २ जना ,उत्कृष्ट दैनिक बचत कर्ता तर्फ १ जना र ६ असल ऋणिहरु लाई पुरस्कृत गरिएको थियो ।
be9f03635011084a6951543c05588eb7.0

प्रकाशित मिति : ६ आश्विन २०७५, शनिबार  १ : ५९ बजे