१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाउँ नै एउटै ईनारबाट दशकाैदेखि पानी पिउदै


५ आश्विन २०७५, शुक्रबार  

0
Shares

20180920_163930

गाैरीगंज ५, असाेज / गाउँमा बस्ने हाेस या शहरमा । जाे काेहीले अाफ्नाे घरमा सुविधा अनुसार एकथान पानीकाे धारा , ट्वेल या ईनार राखेकै हुन्छन्, बनाकै हुन्छन् । तर यस्ताे पनि गाउँ छ जहाँ एउटै इनारबाट पुरै गाउँले पानी पिउछन् अनि घरायसी सबै काम लुगा धुने, नुहाउने, खाना पकाउने का लागि त्यहि एउटै ईनारमा भर पर्छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं ५ डांगीटाेला गन्गाई बस्तीका मानिसहरू दशकाैंदेखि यहि एउटै ईनारबाट पानी पिउन बाध्य भएका छन् । करिब ५० घर परिवार भएकाे उत्त गन्गाई बस्तीमा न त ट्वेल नै छ न त अरू कुनै पानी पिउने साधन नै । तत्कालिन खजुरगाछी गाविसका खरदार श्यामनारायण गन्गाई भन्छन् – ‘ धेरै पटक ट्वेल खन्ने प्रयास गर्याै तर १ सय फिट गहिराईसम्म खन्दा पनि पानी ननिस्कने र निस्किहाले पनि अाइरन भएकाे पानी निस्कन्छ ।’ दशकाैदेखि त्यहि ईनारबाटै पानी पिउदै अाएका उनी पानीकाे समस्याले गाउँ छाेडेर बजार क्षेत्रमा घर बनाई बसेका छन् । फागुन महिना देखि असार महिनासम्म ईनारमा पानी सुक्ने भएकाेले रातकाे ३ बजे नै उठेर पानी लिन ईनारमा लाईन लाग्ने गरेकाे प्रेमबत्ती गन्गाई बताउछिन । उनी भन्छिन – ‘ पाँच महिना त हामी पानी पाउदैनाै कि भनेर राती नै ३ बजे उठेर ईनार जान्छाै । पुरै गाउँले एउटै ईनारबाट पानी लिनुपर्ने भएकाेले रात देखिनै भीड हुन्छ । ‘ उनी भन्छिन – ‘पानीकाे धेरै समस्या छ । पानीकाे लागि राती नै उठ्नुपर्छ । ‘ नजिकमा अरू कुनै टाेल बस्ती नभएकाले ५ महिना पानीकाे समस्याले पिराेलिने गरेकाे उनी बताउँछिन् ।
ईनार कहिले निर्माण भएकाे भन्ने मिति यकिन नभए पनि २०२८ साल तिर निर्माण भएकाे स्थानिय गाेपाल प्रसाद गन्गाई बताउँछन् । हुलाक कार्यालयमा सेवारत गाेपाल प्रसाद गन्गाई अाफु सानाे छदा नै बाबू बाजेले प्रयाेग गर्दै अाएकाे इनार
भएकाे सम्झन्छन् । उनी भन्छन् – ‘याे एेतिहासिक ईनार हाे, याे हाम्रो गाउँकाे बरदान हाे जसरी नै यसलाई संरक्षण गर्नुपर्छ । ‘
गाउँकाे अन्य स्थानमा ट्वेल खने पनि पानी सफा नअाउने र अाईरन भएकाे पानी अाउने भएकाेले पानीकाे समस्या भएकाे छ ।
ईनार जीर्ण अवस्थामा पुगेकाेले तत्कालीन जिल्ला विकास समितिबाट १ लाख रूपैयाँकाे लागतमा दुईवर्ष अघि मर्मत गरिएकाे थियाे ।
20180920_163433

प्रकाशित मिति : ५ आश्विन २०७५, शुक्रबार  ६ : ३१ बजे