१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

माेरङ्गमा सुरक्षाकाे निम्ति डिजिटल सेवा शुरू


४ आश्विन २०७५, बिहिबार  

0
Shares

20180920_142452

विराटनगर ४,असाेज / जिल्ला प्रहरी कार्यालय मोरङले डिजिटल सेवा शुरुआत गरेको छ ।

आज प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले डिजिटल सेवाको उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि बोल्दै मुख्यमन्त्री राईले डिजिटल सेवाले जिल्लालाई सुरक्षित बनाउने आशा व्यक्त गरेका छन् ।

एसपी मनोज केसीका अनुसार, मोबाइल एपमा क्लिक गरेपछि त्यसको सन्देश प्रहरी कन्ट्रोल रुपमा पुग्छ ।

एपमार्फत घटनाको बारेमा जानकारी र फोटो पठाउन सकिन्छ ।

सूचना आएको स्थान गुगल म्यापमार्फत डिटेक्ट हुने भएको कारणले तत्काल प्रहरी परिचालनमा सघाउ हुने केसीको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०७५, बिहिबार  ८ : ४२ बजे