१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा निःशुल्क बन्ध्याकरण शिविर शुरू


१ आश्विन २०७५, सोमबार  

0
Shares

20180917_152356

गाैरीगंज १, असाेज / सन्तानकाे रहर पुगिसकेको महिला तथा पुरूषकाे लागि निःशुल्क बन्ध्याकरण शिविर अाज देखि गाैरीगंजमा शुरू भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे अार्थिक सहयाेग तथा नेपाल परिवार नियाेजन संघ भद्रपुर सहकार्यमा ३ दिने निः शुल्क बान्ध्याकरण शिविर सञ्चालन भएकाे हाे ।
गाैरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र गाैरीगंजमा अाज पहिलाे दिन स्थायी बान्ध्याकरण (मिनी ल्याब) ७ जना, ईम्पालान्ट (पाखुरामा लगाउने ५ वर्षिय अस्थायी बन्ध्याकरण) ३ जना र अायुसिडी ( पाठेघरकाे मुखमा लगाउने १० देखि १२ वर्षसम्म अस्थायी बन्ध्याकरण) १ जनाले गराएका थिए ।
गाैरीगंज गाउँपालिकाकाे ८८ हजार रूपैयाँकाे अार्थिक सहयाेगमा निःशुल्क बान्ध्याकरण शिविर सञ्चालित पहिलाे दिन काेराेबारी र महाभराका सेवाग्राहीले सेवा लिएकाे गाैरीगंज गाउँपालिकाका स्वास्थ शाखाका प्रमुख विकास पाैडेलले जानकारी गराउनुभयाे

IMG_4193

प्रकाशित मिति : १ आश्विन २०७५, सोमबार  ९ : ५५ बजे