३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंजमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनायाे


३० भाद्र २०७५, शनिबार  

0
Shares

20180914_124155

गौरीगञ्ज ३०,भदौ /
गौरीगञ्ज गाउँपालिका गाउँ शिक्षा समितीले बिभिन्न
प्रतियोगितात्मक कार्यक्रम गरी भव्यरूपमा वाल दिवस मनाएको छ । गौरीगञ्ज माबिमा अायाेजित बाल दिवसमा हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता र बक्तृत्वकला प्रतियोगिताकाे अायाेजनाकाे गरी हिजाे भव्यरूपमा वालदिवस मनाएकाे थियाे ।
बक्तृत्वकला प्रतियोगितामा छात्रा तर्फ मुनलाइट एकाडमीकी हेलेन शेर्पा प्रथम, बालकल्याण माबि महाभाराकी रत्ना राइ द्वितिय र देबकोटा माबि खजुरगाछीकी अश्लेषा गौतम तृतिय भएकी थिइन । त्यसैगरी छात्रतर्फ ज्ञानोदय माबि गौरीगँजका सुलब कुमार श्रेष्ठ प्रथम, ज्ञानकुञ्ज माबि गौरीगञ्जका भुपाल कोइराला द्वितिय र बालकल्याण माबि महाभाराका नितेस अधिकारी तृतिय भएका थिए ।
चित्रकला प्रतियोगितामा सँस्थागत बिद्यालयका छात्रतर्फ स्नोह्वाइटका रोशन साह प्रथम, क्रिमसन इङ्गलिस स्कुलका अर्जुन सिँह द्वितिय र मुनलाइटका रोजन सिँह तृतिय भएका थिए भने छात्रा तर्फ स्नोह्वाइटकै अमान्तिका राजवँशी प्रथम, दीयो स्कुलकी सिर्जना गन्गाइ द्वितिय र ज्ञानोदयकी दिपा श्रेष्ठ तृतिय भएकी थिइन । त्यस्तै चित्रकलामा सामुदायिक विद्यालयको छात्रा तर्फ आदर्श माबि की गायत्री राजवँशी प्रथम आधारभुत जनकल्याणकी निरुता ताजपुरिया द्वितिय र राष्ट्रिय प्राविकी सबिस्ता खातुन तृतिय भएका थिइन भने छात्रतर्फ खजुरगाछी माबिका मोहन ऋषिदेव प्रथम , इन्द्रेणी प्राबिका श्याम बेस्रा द्वितिय र चिल्हारा प्राबिका अर्जुन गन्गाइ तृतिय भएका छन् ।
हाजिरी जवाफ तर्फ स्नोह्वाइट प्रथम ज्ञानकुञ्ज द्वितिय र बालकल्याण तृतिय भएका छन् ।
शिक्षा समिती सँयोजक दिपेन्द्र थापाको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार शाक्य ,शिक्षा प्रमुख डिल्ली राम अधिकारी र सामाजिक विकास समिति अध्यक्ष मखना महतोलगायत विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरुको उपस्थिती थियो ।

बाल दिवसमा विधार्थीहरूकाे सडक नाटक

ज्ञ्यानकुञ्ज एकेडमीका कक्षा ९ र १० का विधार्थीहरूले बाल श्रम शाेषण सम्बन्धि सडक नाटक प्रर्दशन गरेका छन् । गौरीगञ्ज बजार र खजुरगाछी बजारमा प्रदर्शन गरिएकाे सडक नाटकमा बाल श्रम शाेषण सम्बन्धि चेतनामुलक नाटक प्रदर्शन गरिएकाे थियाे ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  १ : ४२ बजे