१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बविना ताजपुरियाको उपचारमा सहयोग


२९ भाद्र २०७५, शुक्रबार  

0
Shares

20180914_142153

गाैरादह २९, भदौ  / तीन महिना देखि रगत सम्बन्धी ( आइटिपी )रोगबाट थलिएकी झापा गाैरादह नगरपालिका –१ की १६ बर्षिया बविना ताजपुरियाको उपचारमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ । विरामीको उपचारमा स्थानीयले बविना बचाँउ अभियान सञ्चालन गरि सहयोग जुटाईरहेका छन् ।

यसैक्रममा विरामीको उपचारका लागि ताजपुरिया संस्कृति उत्थान मञ्च तदर्थ समितिले ३२ हजार बढी सहयोग दिएको छ । विरामीको घरैमा पुगेर सो संस्थाले ३२ हजार ३.२ सय ३६ रुपैया सहयोग हस्तान्तरण गरिएको तर्दथ समितिका सदस्य चन्दप्रसाद्र ताजपुरियाले बताएका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा दाता संस्थाका संयोजक राजकुमार ताजपुरिया ,सदस्यहरु चन्द्र प्रसाद ताजपुरिया ,शकेन्द्र ताजपुरिया लगायतको उपस्थिति रहेको थियो ।
सो सहयोग मलेशियामा बस्दैआएका जितेश,मोहन ,अरुण ,जित ,हर्क ,उमान्त ताजपुरियालगायतले सहयोग जुटाएका हुन् । विरामीको काठमाण्डौस्थित ग्रिन सिटी अस्पतालमा उपचाररत छन् ।
यसैवीच, सो संस्थाले विरामीको उपचारमा सहयोग गर्न चाहनुहुनेहरुले विरामीको बुबा दिलबहादुर ताजपुरियाको राष्ट्रिय वाणिज्य बैकको खाता नम्बर २१४००२४६८४१० मा समेत जम्मा गर्न सकिने जनाईएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  ८ : ३८ बजे