१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा एक पुजारीकाे मृत्यु


२९ भाद्र २०७५, शुक्रबार  

0
Shares

Dubera-mrityu
गाैरीगंज २९, भदाै / झापाको गौरीगन्ज गाउँपालिका-२ स्थित बाधगाउँमा एक पुजारीको नालीमा डुवेर मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका-४ घर भई गौरीगंज गाउँपालिका-२ बगाह चौधरीमा रहेको महाराजथान मन्दिरको कुटीमा बस्दै आईरहेका ६० बर्षीय देवीप्रसाद ताजपुरीयाको हिजाे मृत्यु भएकाे हो । ताजपुरीया बिहान पुजापाठ गरेर कुटीबाट कोरोबारी तर्फ जाने क्रममा सडकको नालीमा जमेको पानीमा डुबेको अवस्थामा स्थानीयले देखेर प्रहरीमा खबर गरेका थिए । पुजारीकाे शव पोष्टमार्टमको लागि दमक स्थित आम्दा अस्पताल पठाएको ईलाका प्रहरी कार्यालय गौरीगन्जले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७५, शुक्रबार  १ : ५३ बजे