१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विराटनगरमा संघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने


२८ भाद्र २०७५, बिहिबार  

0
Shares

sa-sa-forfm
विराटनगर २८, भदौ / विराटनगरमा सघीय समाजवादी फोरम नेपालले २ दिने प्रदेश भेला गर्ने भएको छ ।
प्रदेश नं.१ को विराटनगरमा आगामी असोज ९ र १० गते भेला हुने संघीय समाजवादी फोरम नेपालले जनाएको छ । संघीय समाजवादी फोरम नेपालले विराटनगरमा बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयाेजना गरी विराटनगरमा दुई दिने प्रदेश भेला गर्ने जनाएको हो ।
पहिचान सहितको संघीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता र अधिकार सहित एक गैरभौगोलिक सहित ११ प्रदेशको मागको मुद्धालाई उठान गरि भेला आयोजना गर्न लागिएको केन्द्रीय सचिव परशुराम बस्नेतले जानकारी दिनुभयो । राज्यको संरचनाको रुपमा स्वायत क्षेत्र र गैर भौगोलिक विशेष क्षेत्रलाई राजनीतिक संरचनाको रुपमा कायम गर्दै लैजाने पार्टीको मान्यता रहेको केन्द्रीय सचिव बस्नेतले वताउनुभयो । २ दिने भेलामा पार्टीका केन्द्रिय अध्यक्ष तथा उप प्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, पार्टीका बरिष्ट नेता अशोक राईको समेत उपस्थित हुने जनाईएको छ ।
bgyapti

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  १२ : ०४ बजे