१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

जनसेवा सहकारी गाैरीगंजकाे साधारणसभा असाेज ३ गते हुने


२८ भाद्र २०७५, बिहिबार  

0
Shares

20180913_172050
गाैरीगंज २८ भदाै / जनसेवा बचत तथा ऋण सहकारी संस्था गाैरीगंजकाे ११ अाैं बार्षिक साधारणसभा असाेज ३ गते हुने भएकाे छ ।
संस्थाकाे भदाै २३ गते बसेकाे विस्तारित वैठकले साधारण सभाकाे निर्णय गर्दै साेही दिन संचालक समितिकाे तर्फबाट अध्यक्ष कर्मा शेर्पाले अार्थिक वर्ष २०७४/७५ काे कार्य प्रगति विवरण र अार्थिक प्रतिवेदन,२०७५/७६ काे प्रस्तावित नीति तथा कार्यक्रम, अनुमानित बजेट प्रस्तुत गर्ने छ । संस्थाले यस अार्थिक वर्षमा कृषि ऋण,व्यापारिक ऋण, घरायसी ऋण, जमानीऋण, भवन निर्माण ऋण, जनसेवा उधमशील ऋण, कर्मचारी ऋण, अाेडि ऋणमा गरि १ कराेड ४७ लाख ७८ हजार पाँच सय ८१ रूपैयाँ ऋण लगानी गरेकाेे छ भने अार्थिक वर्ष २०७५/७६ मा १ कराेड ९० लाख रूपैयाँ ऋण लगानी गर्ने लक्ष्य रहेकाे छ ।
संस्थाकाे अार्थिक वर्ष २०७५ अषाड मसान्तसम्ममा कुल सम्पतिमा ५३.०३ प्रतिशतले वृद्धि भई १ कराेड ९५ लाख ७८ हजार ८ सय ६४ रूपैयाँ पुगेकाे छ ।
संस्थाले उपलब्ध गराएकाे अाय व्यय विवरण अनुसार गत १ वर्षमा कुल नाफा १ लाख ८९ हजार ४ सय १५ रूपैयाँ कमाएकाे छ ।
संस्थाका अध्यक्ष कर्मा शेर्पा अनुसार संस्थाले विभिन्न बचत याेजना ल्याएकाे छ । संस्थाले दैनिक बचत, साधारण बचत, जनसेवा बचत, मासिक बचत ५ वर्षे, बाल बचत, अावधिक १ वर्षे, अावधिक ७ वर्षे, अावधिक २ वर्षे, कर्जा बचत, मासिक बचत २ वर्षे बचत याेजना ल्याएकाे छ ।
त्यसैगरी संस्थाले घरम‌ै बसी माेबाईलबाट एनसीएल, एनटीसी, डीस हाेम बील, टेलीफाेन बील, ईन्टरनेट बील, बिजुली बीलकाे भुत्तान गर्ने सुविधा दिएकाे छ ।
संस्थाकाे कुल चुक्त्ता शेयर पूजी ३२ लाख ५७ हजार २ सय रूपैयाँ रहेकाे छ । साविक गाैरीगंज, जुराेपानी, काेराेवारी,खजुरगाछी, तथा काेहबारा गाविसमा कार्यक्षेत्र रहेकाे संस्थामा कुल सदस्य संख्या १ हजार २ सय २५ जना रहेका छन् ।
20180913_172429

प्रकाशित मिति : २८ भाद्र २०७५, बिहिबार  ११ : ३८ बजे