५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

प्रहरीलाई नमुना बनाउदै प्रदेश सरकार


२६ भाद्र २०७५, मंगलबार  

0
Shares

20180911_073634

विराटनगर २६, भदौ / १ नम्बर प्रदेश सरकारले झापा र मोरङलाई ‘नमुना प्रहरी’ बनाउने अवधारणा ल्याएको छ । प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालयले प्रहरीलाई प्रबिधिमैत्री बनाउने योजना अनुसार दुवै जिल्लालाई नमुना प्रहरी कार्यालय बनाउने अवधारणा ल्याएको हो ।

जसको लागी जिल्ला प्रहरी कार्यालय झापा मार्फत जिल्ला भरका प्रहरी युनिट र त्यस मातहतका सार्वजनिक स्थानमा सिसिटिभी जडान गरिने छ । प्रदेश १ भरी प्रदेश सरकारले सिसिटिभी जडान गर्ने योजना अनुरुप झापाबाट यसको शुरुवात गरिने आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले बताए । मन्त्री कार्की झापा प्रहरीलाई प्रबिधिमैत्री बनाउने पहिलो अवधारण अनुसार बजेट उपलब्ध गराउने अन्तिम तयारी भएको जानकारी दिए ।

झापा भारतिय सिमामा पर्ने जिल्ला पनि भएकाले प्रहरीको पहुच नपुगेको स्थानमा समेत अत्याधुनिक सिसिटिभी क्यामेर जडान गर्ने सरकारको योजना रहेको मन्त्री कार्कीले बताए । यसको लागी झापा प्रहरी र प्रदेश सरकार बिच छलफल र अध्यन भइरहेको समेत उनले बताए ।
‘झापाको निगरानी अब सिसिटिभीबाट हुनेछ’ कार्कीले भने ‘यसको मनिटरिङ प्रदेश प्रहरी, जिल्ला प्रहरी र प्रदेश सरकारले गर्ने छ’ ।
यस्तै प्रदेश सरकारकै योजनामा मोरङ प्रहरीको लागी ‘एप्स’ निर्माण गरी प्रहरी र जनता बिचको संम्बन्ध अझ प्रगाड बनाउने अर्काे योजना रहेको आन्तरिक मामिला मन्त्री कार्कीको बताए ।

मोबाईलमा उक्त एप्लीकेसन डाउनलोड गरी घर आसपास घटना, दुर्घटना, अपराधिक कृयाकलाप वा कुनै प्राकृतिक विपक्तीको जानकारी तत्काल उक्त एप्सबाट प्रहरीलाई उपलब्ध हुनेछ । ‘मोबाइलको जमानामा यस प्रबिधिको प्रयोग प्रदेश १ मा पहिलो हुने छ’ कार्कीले भने ‘प्रहरीलाई प्रबिधिमा ढाल्न यो अवधारणा ल्याइएको हो’ । एप्सको डेभलोप अन्तिम चरणमा रहेको उनले बताए ।

‘प्रदेश १ मा प्रहरीको जनशक्ति कम हुदा प्रबिधिको उच्चतम प्रयोगबाट पनि समाजमा शान्ति सुव्यवस्था राख्न सकिन्छ भन्ने सन्देश हामी दिन खोज्दै छौ, यसको लागी सरकारले यो आर्थिक बर्षमा बजेट छुट्याइसकेको छ’ कार्कीले भने ‘यसमा प्रदेश प्रहरी कार्यालय र जनस्तरबाट पनि सहयोग आबश्यक रहने छ’ ।

प्रकाशित मिति : २६ भाद्र २०७५, मंगलबार  १ : ५३ बजे