३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गर्यो


२५ भाद्र २०७५, सोमबार  

0
Shares

pradesh_sabha_XzQeZSWgRx
बिराटनगर २५,भदौ / एक नम्बर प्रदेश सभाले आज दुई वटा विधेयक पारित गरेको छ । सोमवार विराटनगरस्थित प्रदेश सभा भवनमा बसेको बैठकले प्रदेश सामाजिक विकास संस्था सम्बन्धि विधेयक र प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश सभा नियमावली २०७४ बमोजिम सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सामाजिक विकास संस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिवेदन सहित पेश गर्नुभएको थियो भने आन्तरिक मामिला तथा कानुन मंत्री हिक्मतकुमार कार्कीले प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक प्रदेश सभा बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो ।

ती दुबै विधेयक बारे सभासद्हरु बीच विमति भएपछि दफावार छलफलका लागि प्रदेश सभाको विषयगत समितिमा पठाइएकोमा प्रतिवेदन तयार पारेर विधेयकमा समावेश गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  १ : २० बजे