१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चुनावलाई चीनले दियो साढे १३ करोड सहयोग


१४ चैत्र २०७३, सोमबार  

0
Shares

china -nepal

बेइजिङ ,१४ चैत / चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्थानीय चुनाव सफलताको शुभकामना दिँदै नेपाललाई नौ मिलियन चिनियाँ युयान (करिब १३ करोड ६२ लाख रुपैयाँ) आर्थिक सहयोग दिने घोषणा गरेका छन्।

सोमबार बेइजिङस्थित चिनियाँ राष्ट्रपतिको कार्यालय ग्रेट हलमा राष्ट्रपति सी र प्रधानमन्त्री दाहालबीच भएको भेटवार्तामा नेपालमा लामो समयपछि स्थानीय चुनाव हुन लागेको भन्दै चीनले खुसी व्यक्त गरेको छ।

भेटवार्तामा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीको टोलीबीच ३५ मिनेट भेटवार्ता भएको थियो। प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई नेपाल भ्रमणमा आउन सम्झाएपछि सीले आफु ‘नेपाल आउन इच्छुक रहेको र उपयुक्त समयमा भ्रमण गर्ने’ जवाफ दिएका थिए।

भेटवार्ताको सुरुमै प्रधानमन्त्री दाहालले चीनका उपप्रधानमन्त्री झाङ गाओली र वाङ याङ तथा पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओसँग विभिन्न विषयमा भएको छलफलबारे जानकारी गराएका थिए।

‘राष्ट्रपति सीले तातोपानी नाका खोल्न र केरुङ–काठमाडौँ रेलमार्ग अगाडि बढाउन आफै लाग्ने जवाफ दिए’, आचार्यले भने, ‘पारबहन प्रोटोकल र वान बेल्ट वान रोडमा चाँडै सम्झौता गर्ने समझदारी पनि भएको छ।’

भेटवार्तामा प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, बेइजिङस्थित राजदूत लिलामणी पौडेल लगायत सहभागी थिए भने राष्ट्रपति सीसँग उपविदेशमन्त्री चाङ एसुइलगायत थिए।

प्रकाशित मिति : १४ चैत्र २०७३, सोमबार  ११ : ११ बजे