३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

पेट्रोल र डिजलकाे मुल्य बृद्धि बिरुद्ध काङ्ग्रेसद्धारा बन्दको आह्वान


२४ भाद्र २०७५, आइतबार  

0
Shares

20180909_202310

एजेन्सी– भारतमा प्रति दिन पेट्रोल र डिजेलको मूल्यमा बृद्धि भइरहेको छ । एकातर्फ पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ भने अर्कोतर्फ डलरको तुलनामा भारु हरेक नयाँ दिन झन खस्केको हुन्छ । यही सेरोफेरोमा सन् २०१९ मा हुने लोकसभा चुनाव र त्योभन्दा पहिले ४ राज्यहरुमा हुने विधानसभा चुनावलाई लक्षित गरेर विपक्षी पार्टीहरु यो मुद्धालाई उठाउन खोज्दै छन् । भारतको प्रमुख विपक्षी पार्टी कङ्ग्रेसले तेलको बढ्दो मूल्य र रुपैयाँको जारी गिरावटमार्फत केन्द्रको मोदी सरकारमाथि दबाब हाल्ने निर्णय गरेको छ ।

यसका लागि भारतीय कङ्ग्रेसले सोमबार भारत बन्द आह्वान गरेको छ । भोलि हुन लागेको बन्दमा कङ्ग्रेसलाई अन्य विपक्षी दलहरुले पनि साथ दिँदै छन् । दिल्ली प्रदेशका कङ्गे्रस अध्यक्ष अजय माकनले यो बन्दमा २१ पार्टीहरु सामेल रहेको बताए ।
यस अघिनै कम्युनिष्ट पार्टीहरु डीएमके र एमएनएसले कङ्ग्रेसको भारत बन्दको समर्थन गरिसकेका थिए । कङ्ग्रेसका पूर्व सांसद अजय माकनले पार्टीले पेट्रोल–डिजेलको मूल्यमा बृद्धि भएको र रुपैयाँमा आएको गिरावटको विरोधमा भारत बन्दको आह्वान गरेको बताए । माकनले व्यापारीहरुसँग पनि बन्दलाई सफल बनाउन आह्वान गरे ।
मोदी सरकारको आलोचना गर्दै माकनले चार वर्षमा पेट्रोलमा २११.७% र डिजेलमा ४४३% एक्साइज ड्युटी(कर) बढेको बताए । २०१४ मेमा पेट्रोलमा ९.२ भारु एक्साइज लाग्थ्यो र अहिले यो १९.४८ भारु भएको छ ।
त्यस्तै, सोही महिना डिजलमा ३.४६ भारु एक्साइज थियो, जबकि अहिले १५ं३३ भारु लाग्छ । कङ्ग्रेसले सरकारसँग पेट्रोल–डिजेललाई पनि जीएसटी अन्तर्गत ल्याउन आह्वान गरेको छ । यस्तो भएमा मूल्यमा १५–१८ सम्म कम हुनेछ । भारत सरकारले पछिल्लो चार वर्षमा एक्साइज ड्युटीबाट ११ लाख करोड भारु कमाइसकेको छ ।
डलरको अनुपातमा रुपैयाँमा आएको लगातार गिरावटलाई लिएर पनि माकनले सरकारको आलोचना गरे । उनले पहिले सरकारमा नरहँदा एक डलर बारबर रुपैयाँ ६० पुग्दा मोदीले रुपैयाँ आईसीयुमा पुगेको भनेको तर हाल अवस्था त्योभन्दा पनि विकराल हुँदा समेत मोदी नबोलेको भन्दै टिप्पणी गरे ।

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार  २ : ४१ बजे