१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला


२३ भाद्र २०७५, शनिबार  

0
Shares

payal
गाैरीगंज २३, भदाै /
गत बुधबार सिलिगुडीको एक होटलमा बंगालकी चर्चित फिल्म तथा टिभी अभिनेत्री पायल चक्रवर्ती मृत अवस्थामा फेला परेकी छन् । ३६ वर्षीया अभिनेत्री पायलको केही दिनअघि मात्र आफ्नो पतिसँग डिभोर्स गरेकी थिइन् । जसकारण उनी तनावमा थिइन् ।

अभिनेत्री पायलकी एक छोरा छन् । डिभोर्सपछि उनी कोलकत्तामा अभिभावकसँग बस्दै आएकी थिइन् । अभिनेत्री पायलको हत्या वा आत्माहत्या भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

होटलका कर्मचारीका अनुसार पायल त्यहाँ मंगलबार नै आएकी थिइन् । अभिनेत्री पायलले ढोका नखोलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । तर प्रहरीको टोली त्यहाँ पुग्दा अभिनेत्री पायल कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार  १ : ०८ बजे