१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भद्रपुरमा युवाहरूकाे नाङ्गाे जुलुस


२२ भाद्र २०७५, शुक्रबार  

0
Shares

FB_IMG_1536318664326

भद्रपुर २२, भदौ / सिंहदरबारअगाडि नाङ्गो विरोध प्रदर्शन
गरी देशभर चर्चित बनेका झापाका बिकेन लिम्बूले शुक्रबार बिहान भद्रपुरमा अर्धनग्न विरोध प्रदर्शन गरेका छन्। भद्रपुर नगरपालिका कार्यालयले करको बजेटबाट तीज कार्यक्रम गर्न लागेको भन्दै भद्रपुर नगरपालिका ३ स्थित पृथ्वीनगर निवासी बिकेन लिम्बूसहित दुई दर्जन बढी युवाले अर्धनग्न विरोध प्रर्दशन गरेका हुन्।
लिम्बू नेतृत्व चेतनशील युवा समूहका युवाहरुले भद्रपुर बसपार्कबाट अर्थनग्न विरोध र्याली निकाल्दै भद्रपुर बजार परिक्रममा गर्दै भद्रपुर नगरपालिकाअगाडि पुगेर विरोध प्रदर्शशन गरेका
थिए। युवाहरुले अर्धनग्न विरोध प्रदर्शन गरेपछि प्रहरीले भद्रपुर नगरपालिकाअगाडि पुग्नुअघि नै बाटोमा रोकेका थिए।
प्रहरीले रोकेपछि युवाहरुले भद्रपुर नगरपालिका र
प्रहरीविरुद्ध चर्को नारावाजी गरेका थिए।
युवाहरुले चर्को नाराबाजी गरेपछि प्रहरीले
शान्तिपूर्ण प्रदर्शन गर्न भन्दै नगरपालिकाअगाडि जान अनुमति दिएका
थिए। करिब एक घण्टा गरेको विरोध प्रदर्शनका नेतृत्व गरेका लिम्बूले भने,
‘नगरपालिकाले शुक्रबार जनताको करबाट तिजको दर खुवाउने कार्यक्रम
गर्न लागेको भन्दै विभिन्न मिडियामा समाचार आएकोले त्यसको विरोधमा
प्रदर्शन गरेका हौँ।’
तीज जस्तै अन्य धर्महरुको पर्व पनि नगरपालिकाले
मनाउनुपर्ने भन्दै उनले भने, ‘सबै धर्म एक हो, सबै धर्मलाई सम्मान
गर्नुपर्नेछ।’ नगरपालिकाले नगरमा बसोबास गर्ने सबै जातजातिका लागि तीज कार्यक्रम जस्तै रकम छुट्टाएर मनाउनुपर्नेमा तीजलाई मात्र प्रोत्साहन दिनु उचित नभएको
स्थानीय युवा किशोर थापाले बताए। यता, नगरपालिका अगाडी युवाहरुले अर्धनग्न प्रर्दशन गरेपछि प्रहरी कार्यालय झापाका प्रहरी जुलुस उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले भद्रपुर
नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठसँगको सहकार्यमा युवाहरुसंग छलफलका लागि सहजिकरण मिलाइदिएका थिए।

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार  ११ : १६ बजे