१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने


२१ भाद्र २०७५, बिहिबार  

0
Shares

20180906_194234
सुरुङ्गा २१, भदाै / आगामी भदौ ३० गतेदेखि असोज ६ गतेसम्म झापाको सुरुङ्गामा प्रथम अन्तरप्रदेश नक आउट क्रिकेट प्रतियोगिता हुने भएको छ ।
स्थानीय कनकाई माविको खेल मैदानमा हुने प्रतियोगिता स्थानीय सचेत युवाक्लव र ह्वाइट वास क्रिकेट क्लवको संयुक्त आयोजनामा हुने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ ।
प्रतियोगितामा आयोजक टिम सहित , विर्तामोड , विराटनगर , मकवानपुर , दाङ , उदयपुर , भैरहबा र पुर्वाञ्लल क्रिकेट क्लव विराटनगरका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष निमेश ओलीले बताएका छन् ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले नगद ५१ हजार र ३१ हजार पाउने छन भने हरेक दिन उत्कृष्ट खेलाडीलाई २ हजार रुपैँयाको पुरस्कार स्थानीय समाजसेवी प्रविन तिम्सिनाले सौजन्य गर्ने समेत कार्यक्रममा जानकारी गराइएको थियो ।

फाइनलमा विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कार दिने निर्णय भएको खेल संयोजक प्रदिप गजमेरले बताएका छन् । प्रतियोगिता संचालनका लागि ६लाख रुपैँया लाग्ने र कनकाई नगरपालिकाको मुख्य सहयोग रहने वताइएको छ । यसैगरी रुद्र गौरी अम्बिकाओली प्रतिष्ठान र टिभिएस मोटरसाइकल बाट प्रथम र द्धितिय पुरस्कार सौजन्य हुने आयोजकले बताएको छ ।

प्रतियोगिता संचालनका लागि विभिन्न उप समिति समेत निर्माण गरिएको छ । प्रतियोगिताले पुर्व क्षेत्रको क्रिकेट खेललाई मद्धत पुग्ने प्रचार समितिका संयोजक लीलाराज झापालीले बताएका छन् । केहि स्पोन्सरहरुले लगानीको लागि कुरा भइरहेकोले समेत पुरस्कार राशीमा केहि बृद्धि हुनसक्ने आयोजक समितिका सल्लाहकार हरि कार्कीले बताएका छन् । पत्रकार सम्मेलन कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष राम निरौलाको सभापत्वि तथा सचिव मनोज बस्नेतको संचालनमा प्रेस क्लवको कार्यालयमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७५, बिहिबार  २ : ०३ बजे