४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरादहमा रक्तदान कार्यक्रम सम्पन्न


१९ भाद्र २०७५, मंगलबार  

0
Shares

6387441f881bb88b8843e5671d2a9fad.0

गौरादह१९,भदाै / नेपाल रेडक्रस सोसाइटीको ५५औं स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटि उपशाखा गौरादहले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।गौरादह बजारको दुर्गा मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा शिक्षक एबम समाजसेबि श्री सुरेस बहादुर पौडेलले नेपाल रेड्क्रस सोसाइटी गौरादह उपसाखाका सभापती श्री केदार ताजपुरिया लाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । रक्तदान कार्यक्रममा जम्मा ५० जनाले रक्तदान गरेका थिए , जसमा ३८ पुरुष र १२ महिलाले रक्तदान गरेका थिए । ” रेडक्रस सबै ठाउमा सबैका लागि ” भन्ने नाराका साथ आयोजित रक्तदान जीवनदान कार्यक्रममा १८ बर्स देखि ५६ बर्स सम्मका दाताहरु सहभागी भएको जानकारी हामिलाइ सस्थाका सचिब सन्तोस कार्कीले बताए । गौरादह छेत्रमा परोपकारी काममा अगुवाइ गर्दै आएको यश सस्थाले बिगतमा पनि विभिन्न अबसर पारेर यस्तै कार्यक्रम गर्दै आएको छ ।न्यु पब्लिक कृषि सहकारी संस्था गौरादहले प्रायोजन गरिको उक्त कार्यक्रम रक्तसञ्चार केन्द्र दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  ३ : ०४ बजे