२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरीगंज शिक्षा समितिले दीर्घ शिक्षा सेवा गर्ने ६ जना शिक्षकलाई सम्मान गर्ने


१९ भाद्र २०७५, मंगलबार  

0
Shares

20180904_142715

गाैरीगंज १९, भदाै / अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा गाउँ शिक्षा समिति गाैरीगंजले
शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने ६ जना शिक्षकलाई सम्मान गर्ने भएकाे छ ।
गाैरीगंज गाउँपालिका अन्तर्गत शिक्षा समितिले गाैरीगंज गाउँ पालिका भित्रका शिक्षा क्षेत्रमा दीर्घ सेवा गर्ने उदयलाल यादव, विष्णुमान श्रेष्ठ, केशर वहादुर श्रेष्ठ, हरिलाल बराल, दुर्गा प्रसाद ताजपुरिया र जयसिंह राजवंशीलाई सम्मान गर्ने भएकाे हाे। समितिले भाद्र २२ गते अायाेजित अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ३९ अाैं राष्ट्रिय शिक्षा दिवसकाे अवसरमा सम्मान गर्ने जनाईएकाे छ । साेही दिन समितिले बाल कल्याण मावि कुञ्जिवारीका प्रअ भाेला प्रसाद खतिवडालाई उत्कृष्ट प्रअकाे रूपमा सम्मान गर्ने जनाएकाे छ । त्यसैगरी २०७४ सालमा कार्य सम्पादन तथा मुल्यांकनमा उत्कृष्ट एक सामुदायिक विधालयलाई र सामुदायिक विधालयका SEE परिक्षामा उच्च अंक प्राप्त गर्ने एक जना छात्र र एक जना छात्रालाई सम्मान गर्ने कार्यक्रम रहेकाे छ । समितिले दिवसकाे अवसरमा भाद्र २२ गते अन्तर मावि एकल नृत्य प्रतियोगिताकाे अायाेजना गर्दै छ भने वाल दिवसकाे अवसरमा भाद्र २९ गते चित्रकला प्रतियोगिता, हाजिरी जवाफ प्रतियोगिता,वक्तृत्वकला प्रतियोगिता अायाेजना गर्ने जनाईएकाे छ ।
20180829_124432

20180829_123620

प्रकाशित मिति : १९ भाद्र २०७५, मंगलबार  १० : ०६ बजे