३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

राजवंशी युवा समाज नेपालले दियाे बेसहारालाई राहत


१७ भाद्र २०७५, आइतबार  

0
Shares

20180902_151251
गाैरीगंज १७, भदौ / माेरङ्गकाे सुनवर्षि नगरपालिका वार्ड नं ७ डांगीकुडैलीका वेसाहारा ३ बालबालिकालाई राहत वितरण गरिएकाे छ । हिजाे राजवंशी युवा समाज नेपाल विराटनगरले १० हजार रूपैया बराबरकाे खाध्यसामाग्री र नगद २५ सय रूपैयाँ राहत वितरण गरेकाे हाे । राजवंशी समाज विकास समितिका पुर्व केन्द्रीय सचिव बरतलाल राजवंशी, वार्ड नं ७ का वडा अध्यक्ष प्रकाश यादव, वरडङ्गा प्रहरी चाैकीका ईन्चार्ज हरी बस्नेतलगायत समाजका भद्र भलादमीकाे उपस्थितिमा ५० केजी चामल, १५ लि तेल, २० केजी चिउरा, १० केजी भुजा, ५ केजी दाल, ५ केजी चिनी, ५ केजी चना, १ कार्टुन साबुन, २ दर्जन नुहाउने साबुनलगायतका सामाग्री राहत वितरण गरिएकाे युवा समाजका अध्यक्ष मनाेज कुमार राजवंशीले बताए । ७ वर्ष अघि बाबू फागुलाल राजवंशीकाे निधन भएकाे र अामा सन्ताेषी राजवंशीकाे २०७५ साल साउन २५ गते सेताे लामखुट्टेकाे टाेकाईबाट निधन भए पछि उनीहरू बेसाहारा बनेका हुन् । उनीहरूकाे अार्थिक अवस्था कमजाेर र पालन पाेषणा गर्ने काेहि नभएपछि उनी वेसाहारा बनेका छन् ।
युवा समाजका अध्यक्ष राजवंशीका अनुसार ३ भाइ छाेराहरू मध्ये जेठाे १३वर्षकाे , माईलाे ९ वर्ष र कान्छाे ६ वर्षका उनीहरू अामापट्टीका हजुरअामाकाे संरक्षणमा छन् । कार्यक्रममा समाजका सचिव नरेश राजवंशीलगायतकाे पदाधिकारीकाे उपस्थिति थियाे । राजवंशी युवा समाज नेपाल विराटनगरकाे स्थापना कालदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउदै अाएकाे छ भने गरिब, विपन्न, वेसाहारा तथा अन्यायमा परेका परिवारलाई न्याय दिलाउने र उद्वार गर्ने समाजकाे मुल उधेश्य रहेकाे अध्यक्ष मनाेज कुमार राजवंशीले बताए ।
20180902_151324

प्रकाशित मिति : १७ भाद्र २०७५, आइतबार  ९ : ४२ बजे