३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

प्रजातन्त्रका योद्धा पूर्णानन्द शर्मा दाहाल सम्मानित


१६ भाद्र २०७५, शनिबार  

0
Shares

20180901_085605

दमक१६,भदौ /
प्रजातन्त्रका योद्धा तथा नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहाल सम्मानित हुनु भएको छ । उहाँलाई आज दमकमा सम्पन्न नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समितिको प्रथम अधिबेशनको उद्घाटनका अवसरमा प्रजातान्त्रिक आन्दोलनका योद्धाका रुपमा सम्मान गरिएको हो ।
नेता शर्मालाई संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बुले दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गर्नु भयो । दाहालले प्रजातन्त्रका विभिन्न कालखण्डहरुमा पु¥याँएको योगदानको चर्चा गर्दै सम्मान गरिएको यूनियनले जनाएको छ । प्रतिवन्धित कालमा कांग्रेस झापाका सभापति भएका ८३ बर्षिय दाहाल विभिन्न कालखण्डमा ५ वर्ष जेल ,३ वर्ष निर्वासन, पटक पटक एरियावन्दी, अञ्चल निष्कासन, राजकाज सम्बन्धी मुद्धाको सजाय भोग्नु भएको थियो । तेह्थुममा जन्मिएका दाहाल लामोसमयदेखि झापाको कमल गाउँपालिका–५ मा बस्दैआउनु भएको छ ।
सम्मान कार्यक्रममा बोल्दै सांसद सुब्बाले प्रजातन्त्र प्राप्तिका लागि दाहालको देन स्मरणीय भएको चर्चा गर्नु भयो । उहाँले बर्तमान मौजुदा कानुनले प्रेस स्वतन्त्रतामाथि कुण्ठित गर्न खोजेकाले त्यसको विरुद्ध सम्पूर्ण सञ्चार जगत एक हुन आवश्यक रहेको समेत औल्याउनु भयो ।
सम्मान कार्यक्रममा युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागाई कांग्रेसका महासमितिहरु शरेबहादुर भट्टराई, शुरेस सुब्बा, दिलबहादुर बुढाथोकी, महाधिबेशन प्रतिनिधि रेगिना भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति रोशन विष्ट, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य विमल लामिछाने , पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाललगायतले आ–आफनो विचार राख्नु भएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार  १२ : ४६ बजे