३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

हाम्राे वस्ती यस्तो हुन सत्तैन र ?


१५ भाद्र २०७५, शुक्रबार  

0
Shares

20180831_125820
गाैरगंज १५, भदौ / शहरी विकास तथा भवन निर्माण विभाग नयाँ शहर अायाेजना समन्वय कार्यालयले गाैरीगंज नयाँ शहरकाे लागि गाैरीगंजकाे ३ वटा क्षेत्रलाई प्रस्ताव गरेकाे छ । गाैरीगंज गाउँपालिकाकाे वडा नं १ काे कुन्जिवारी महाभारासम्म सडककाे दायाँबायाँ, वडा नं ३ काे हुलाकी सडक गाैरीगंज क्याम्पसदेेेेखी हुक्कागाछी वेलडागी जाने सडकसम्म र वडा नं ५ र ६ काे खजुरगाछी मावि पश्चिम हुलाकी सडककाे दायाँबायाँ चिलारा चाेकसम्म प्रस्ताव गरिएकाे हाे । कार्यालयले नयाँ शहरका लागि कम्तिमा ५० विघाहा जग्गालाई एकीकरण गरि त्यसबाट बाटाेघाटाे,खुल्ला तथा अन्य सामुदायिक स्थलहरू एवम् पुर्वधारहरूसमेतकाे व्यवस्था भएकाे क्षेत्रकाे रूपमा विकास गरि चारपाटे मिलेकाे विकसित कित्ताहरूमा पुनर्विभाजन गरि साविकका जग्गा धनीलाई फिर्ता दिइनेछ ।
जग्गाधनीहरूले नयाँ शहरका लागि जग्गा दिदा अाफुले खाजेकाे पुर्वाधार विकास अनुरूप प्रतिशतकाे अाधारमा जग्गा याेगदान दिनुपर्ने हुन्छ । ढलसहितकाे पिच बाटाे, खेलकुद मैदान भएकाे , बस पार्क भएकाे, विजुलीकाे लाईन, धाराकाे पाईप, सामुदायिक भवन र बगैचा उधानसहितकाे शहर विकासकाे लागि जग्गाधनीहरूले २० प्रतिशत देखि ३५ प्रतिशतसम्म जग्गा याेगदान दिनुपर्ने अायाेजनाका प्रमुख याेगेशपुर्ण शाक्यले बताए ।
जग्गा एकीकरण क्षेत्र निर्धारण तथा प्राथमिकरण गर्दा तीव्र गतिमा बढिरहेको वस्ती वा प्रमुख बजारसंगकाे निकटता, सडक तथा यातायातसंगकाे राम्राे पहुच, विधुतकाे उपलब्धता, खानेपानीकाे उपलब्धता, बाढी प्रभावित क्षेत्र नभएकाे, नाला वा निकासकाे सम्भावना, जमिन खखण्डीकरणकाे गती, जग्गाधनीहरूकाे ईच्छा, राजनीति प्रतिवद्वता, सिंचित क्षेत्र, विधमान पक्की सडक नभएकाेलगायतका अाधारहरू निर्धारण कार्यालयले निर्धारण गरेकाे छ ।

20180831_141646
20180831_141830
20180831_142011

प्रकाशित मिति : १५ भाद्र २०७५, शुक्रबार  १० : ४१ बजे